प्रगतिशील युवा परिवार काँक्राखोरको वार्षिकोत्सवको तयारी पुरा, भोलिदेखी सुरु हुने

शान्त खत्री, ‘मौसम’, गल्कोट तारा, २०७४ भदौ ७ । प्रगतिशील युवा परिवार ताराखोला गाउँपालिका ३ कांक्राखोरको २४ औ वार्षिकउत्सव एवं तीजी मेला २०७४ को तयारी पूरा भएको छ ।
देश विकासमा हाम्रो प्रतिबद्धता हरेक नीति नियममा युवाहरूको सक्रिय सहभागिता भन्ने मुल नारा सहित भोलि भदौ ८ देखि १३ गतेसम्म खुल्ला साविक गाविसको वार्ड स्थानीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला तीजगीत प्रतियोगिता , महिला लुठो तान्ने प्रतियोगिता, महिला कुर्सी दौड प्रतियोगिता र घैटो फोड प्रतियोगिता सन्चालन हुने क्लबका अध्यक्ष कर्ण बहादुर भण्डारीले जानकारी दिए ।
कार्यक्रमको अवसरमा ताराखोला गाउँपालिका प्रमुख प्रकाश घर्ती , थ्अ िक्स्स केन्द्रिय सदस्य नरेश केसी , ताराखोला गाउँपालिका ३ का वार्ड अध्यक्ष डिल बहादुर बस्नेत , हरि मा। वि । हिलका प्रधानध्यापक हरि प्रसाद पौडेल लगायतको सहभागिता रहेन बताईएको छ ।

भोलि बिहान १० बजे देखि तीजी गीत सुरु हुने आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *