विद्यालयमा पुस्तकालय स्थापना भएपछि शिक्षक तथा विद्यार्थीहरु खुसी

सुमन सुनार, बुर्तिवाङ २०७४ भदौ ७ । ढोरपाटन नगरपालिका—५, चौरमा रहेको भूजिमहाविर आधारभुत विद्यालयमा सामुदायिक अध्ययन केन्द्रको लागि पुस्तकालयको स्थापना भएपछि विद्यार्थी तथा स्थानीयहरु खुसी भएका छन् ।

एजुकेशन फर द लाइफ, नर्वेको आर्थिक सहयोग तथा कर्म फ्लाइट्स, पोखराको संयोजनमा उक्त पुस्तकालय स्थापना भएपछि शिक्षक तथा विद्यार्थीहरु निकै उत्साहित भएको विद्यालयका प्रध्यानाध्यापक केशव सापकोटाले बताए । पुस्तकालयको लागि विदेशी दातृ निकाय एजुकेशन फर द लाइफ नर्वेले १ लाख २० हजार बराबरको पुस्तकहरु, ३० हजार बराबरको फर्निचरका सामाग्री उपलब्घ गराएपछि विद्यालयले थप व्यवस्थापनको लागि रु ६ हजार ११२ खर्च गरेर व्यवस्थित पुस्तकालयको स्थापना गरिएको प्रध्यानाध्यापक सापकोटाले बताए ।

कर्म फ्लाईटस्, पोखराका निर्देशक प्रेमबहादुर कुँवरले पुस्तकालयबाट त्यस विद्यालयका विद्यार्थीहरुले कितावी ज्ञानभन्दा टाढा रहेर संसार बुझ्ने मौका पाएकोले सवै विद्यार्थीहरुलाई केही समय छुट्याएर भएपनि पुस्तकालयको सहि उपयोग गर्न आग्रह गर्दै शिक्षकहरुले पनि समय समयमा पुस्तकालयमा गएर नयाँ कुराहरु सिकी थप रोचक तरिकाबाट विद्यार्थीहरुलाई नयाँ कुराहरु सिकाउन सकिने भएकोले पुस्तकालय शिक्षकको असल साथि समेत भएको कुरा औँल्याएका थिए ।

पुस्तकालयमा बालकथा, चुड्किला, सामान्यज्ञान, कथा, उपन्यास, कविता, स्वास्थ्य सम्बन्धिका ज्ञानबद्र्धक पुस्तकहरुका साथै पाठ्यक्रमसँग सम्बन्धित पुस्तकहरु पनि राखिएको छ । पुस्तकालयमा समय मिलाएर विद्यार्थीहरुको साथसाथै समुदायका अन्य व्यक्तिहरुले पनि पुस्तक पढ्न सक्ने वातावरण मिलाइएको प्रध्यानाध्यापक सापकोटाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *