विद्यामन्दिर माविमा तीज विशेष कार्यक्रम सम्पन्न

संझना तामाङ, बागलुङ २०७४ भदौ ७ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा मंगलवार विद्यामन्दिर माविमा आयोजित तीज विशेष कार्यक्रममा मावि तर्फको नृत्यमा सुक्रता परियार प्रतिमा पुनको समुह प्रथम, अमिसा खत्री र शर्मिला कँडेलको समुह व्दितिय र कुञ्जन किसान तृतिय भएका छन् ।

नृत्य प्रतियोगितामा व्दितीय भएका कक्षा ९ का खत्री र कँडेल ।
गायन प्रतियोगिता तर्फ अमिसा खत्री प्रथम, सुनिल परियार व्दितिय र रुपा नेपाली तृतिय भएका छन् ।

यसैगरी प्लस टु नृत्य तर्फ ज्योति थापा मगर प्रथम, ज्योति थापा र रोशान बोहराको समुह द्धितिय र मनिता घर्ति मगर तृतिय भएका छन ।

कार्यक्रम कक्षा छात्र अभिषेक शर्माको अध्यक्ष र सुप्रिया गौतमको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *