भिमसेन क्याम्पस, बिहुँको महायज्ञ : ३ करोड ३१ लाख आम्दानी, १ करोड २९ लाख उठ्न बाँकी !

महायज्ञ सम्पन्न गर्न रु ३९ लाख ७१ हजार ४ सय २३ खर्च !

बागलुङ, २०७४ भदौ ७ । बिहुँको भिमसेन क्याम्पसमा गत २०७३ साल फागुन महिनामा सन्चालित भिमसेन शैक्षिक तथा धार्मिक महोत्सव एवं धनधान्याचल महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कृष्ण थापाले हिँजो सार्वजनिक गरेको महायज्ञको आय व्यय विवरणमा महायज्ञको सम्पूर्ण खर्च कटाई ३ करोड ३१ लाख ८७ हजार ६ सय २५ कुल आम्दानी भएको तथा महायज्ञ सम्पन्न गर्न रु ३९ लाख ७१ हजार ४ सय २३ खर्च भएको जानकारी दिए ।

महायज्ञ मुल आयोजक समितिका अध्यक्ष जम्वर वहादुर लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आयव्यय सार्वजनिक गर्दै अध्यक्ष थापाले क्याम्पसका लागि सहयोगको बचन (वाकदान) दिने महानुभावहरुबाट रु १ करोड १६ लाख ७ हजार २ सय ३४ उठ्न वाकी रहेकोे उल्लेख गर्दै महायज्ञमा संकलित जिन्सी सामान विक्रीको १ लाख १३ हजार रुपयाँ समेत बाँकी रहेको बताए ।

उनले आम्दानी मध्य राष्ट्रिय वाणिज्य वैकको खातामा १ करोड ४६ लाख ७ हजार रहेको र रु १३ लाख ३५ हजार ४ सय ९० नगद मौदात रहेको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *