तमानमा तीजगीत तथा नृत्य प्रतियोगिता सम्पन्न

योगेन्द्र विश्वकर्मा ,बुर्तिबाङ २०७४ भदौ ७ । तमानखोला गाँउपालिकाको वडा नं ३ तमानमा मंगलवार तीजगीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

हिन्दु महिलाहरुको पर्व हरितलिका तीजको अबसरमा तमानखोला गाँउपालिकाको आयोजनामा कार्यक्रम भएको हा ।

कार्यक्रमको उद्घाटन गर्दै तमानखोला गाँउपालिकाकी उपाध्यक्ष मानसरी शेरचनले तीज पर्व महिला दिदी बहिनीहरु एकै ठाँउमा जम्मा भएर गीत मार्फत आफ्ना बेदना पोख्ने पर्व भएकोले यसलाई सभ्य तरिकाले मनाउनु पर्ने बताईन् ।

कार्यक्रममा नेपाली कांग्रेस तमानखोला गाँउपालिका सहसंयोजक झक बहादुर बुढा, धनगौ ज्योति माविका शिक्षक भरत पौडेल लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

११ समुहको सहभागिता रहेको प्रतियोगितामा धन गौ ज्योति माबि प्रथम हिलसाइड इङ्लीस बार्डिङ स्कुल द्धितिय जुरबोट टोल समुह तृतिय र स्वास्थ्य आमा समुह सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

कार्यक्रम तमान अमा समुहका अध्यक्ष तनिमा घर्तिको अध्यक्षता वडा नं. ३ का वडा सदस्य मनकुमारी बुढाको स्वागत मन्तब्य र हिले प्राविका शिक्षिका तुल्सी नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *