मानब सेवा आश्रमका लागि सिवाईसीव्दारा उपभोग्य सामाग्री र नगद हस्तान्तरण !

सुमन जि.सी, बागलुङ २०७४ भदौ ६ । चारतारे युवा क्लव सिवाईसी नेपालले आफ्नो रजत जयन्ती वर्षभर विभिन्न कार्यक्रमहरु गरी मनाईरहेको सन्दर्भमा आज एक कार्यक्रमका विच जिल्ला स्थित मानव सेवा आश्रमका लागि उपभोग्य सामाग्री र नगद रकम हस्तान्तरण गरेको छ ।

संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल नेतृत्वको कर्मचारीहरुको टोलीले आश्राममै पुगेर ५० के.जी. चामाल, तेल, चीनी, नुन, जीरा लगाएतका उपभोग्य सामाग्री र नगद रु. ५ हजार आश्रमका संयोजक मनिष रायमाझीलाई हस्तान्तरण गरेका हुन् ।

सोही क्रममा आश्रममै जन्म लिएकी बच्ची सृष्टी मानवका लागि सिवाईसी साकोसका शेयर सदस्य ममीता पुनले संस्थामा रु. ५ सयले बाल बचत खाता खोली दिएकी छन् । पुनले उक्त बचतलाई मासीक १ सयका दरले १६ वर्षसम्म निरन्तरता दिने प्रतिवद्धता समेत जनाईन ।

संस्थाले वाढी, पहिरो, डुबान लगाएतका दैवी प्रकोप र मानव सेवा आश्रम जस्ता सेवाभाव बोकेका संस्थाहरुको सहयोगका लागि आफ्ना १९ वटा शाखा कार्यालयहरु मार्फत मुष्ठिदान कार्यक्रम अन्तर्गत खाद्यन्न संकलन र संस्थाको कार्यसमितिले १ दिनको बैठक भत्ता र कर्मचारीहरुले वार्षिक १ दिनको तलब यस्तो कार्यका लागि प्रदान गर्ने व्यवस्था मिलाएको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेले जानकारी दिए । पौडेलले नेपाली नारीहरुको महान चाड हरितालीका तिज नजीकीदै जाँदा हुने खानेहरुले धुमधामसंग तीज मनाईरहेको अवस्थामा विविध कारणवश आश्रममा बस्न विवश व्यक्तिहरुका लागि संस्थाको तर्फवाट सानो सहयोग भएको र सबैलाई चाडपर्वहरु मितव्ययी रुपमा मनाई खर्चको केही अंश आश्रम लगाएत पिडामा रहेका मानीसहरुलाई सहयोग गर्न सबैलाई आग्रह गरेका थिए ।

सिवाईसी नेपालका प्रवन्धक संगिता शर्मा पौडेलले सञ्चालन गरेको कार्यक्रममा आश्रमका संयोज रायमाझिले सिवाईसी टिमलाई स्वागत गर्दै सहयोगका लागि धन्यवाद साथै आगामी दिनमा पनि संस्थावाट आश्रमले धैरैनै सहयोगको अपेक्षा र साझेदारी गरेर अगाडि वढ्ने धारणा राखेका थिए ।

अव्यवस्थीत सडक मानवमुक्त एवं मानवीयताको राष्ट्र नेपाल निर्माणको प्रमुख अभिष्टटको साथ खुल्ला आकाशमुनी सडकका पेटीहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश, शारिरीक तथा मानसिक रुपमा अशक्त मनोरोगी अनाथ अपाङ्ग, अशक्त तथा सहयोगापेक्षी मानवहरुको उद्धार, उपचार, पालनपोषण तथा पारिवारीक पुर्नर्मिलन गराउने उद्देश्यले स्थापीत भएको आश्रमको मुख्य कार्यालय मकवानपुर हेटौडामा रहेको छ भने देशका विभिन्न ७ वटा स्थानमा शाखा कार्यालयहरु रहेका छन् । आश्रम २०७३ चैत्र महिनादेखि बागलुङमा सञ्चालनमा रहेको छ ।

प्रधान परिवार

यसैवीच बागलुङ नगरपालिका १ रामरेखा निवासी दुर्गा बहादुर आचार्य, बाल कुमारीआचार्य लगायत सम्पुर्ण आचार्य परिवारले स्व गणेश्वर आचार्य, स्व हरिकला आचार्य लगायत सम्पर्ण पितृहरुको सम्झनामा कुसे औशीको अवसर पारि मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायणहरुलाई एकदिन भरिको भोजनसेवा सप्रेम अर्पण गरेको मानव सेवा आश्रमले जनाएको छ ।

बागलुङ नगरपालिका-३ निवासी सुदिप प्रधान, अभिमन्यु प्रधान लगायत प्रधान परिवारले मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायणहरुलाई कुसे औशीको अवसर पारि खाध्यान्न (चामल आलु तेल दाल नुन विस्कुट) आश्रममा नै आएर हस्तान्तरण गरेको मानवसेवा आश्रमले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *