बिबादका वीच गल्कोट घुम्टे महोत्सवको समय सारिणीमा परिवर्तन, मंसिरमा गर्नु उपयुक्त

गल्कोट २०७४ भदौ ६ । गल्कोट नगरपालिकाको मजुवाफाँटमा आयोजना गर्न लागिएको ‘गल्कोट घुम्टे महोत्सव २०७४‘ को समयसारिणीमा परिवर्तन गरिएको छ । यहि भदौ २२ देखी असोज १ गते सम्म आयोजना गरिने भनिएको महोत्सव अब असोज १८ देखी २६ गते सम्म सन्चालन गरिने महोत्सवका एक सक्रिय सदस्य होम थापाले जानकारी दिएका छन् ।

महोत्सव स्थलका लागि मजुवाफाँटमा साउनमा काटिएको धान अहिले पुन:पलाएर यति ठुलो भएको छ ।

रोपेको धान काटेर हिलोमा महोत्सव स्थल बनाउन लागेको र महोत्सवका लागि भदौ २२ गते कुनै हालतमा उपयुक्त नहुने भन्दै स्थानीयले कुरा काट्दै आएका थिए । धानको बाला लागेको बेला मजुवाफाँटको वीचमा महोत्सवगर्दा फाँटकै धानवाली मिचिएर नोक्सान हुने महोत्वसका आयोजकले बुझनु पर्ने बताई रहेको अवस्थामा महोत्सवका आयोजकले मिति सारेका हुन् । महोत्सवको नाम, समय र स्थानलाई लिएर सरोकालाहरुवीच बीच तीब्र विवाद चलिरहेको छ ।

गत साउन १२ गते पत्रकार सम्मेलन गरी हिमालयन म्युजिक ईभेन्ट म्यानेजमेन्ट पोखराको आयोजना तथा गल्कोट नगरपालिकाको समन्वयमा ९ दिवसीय गल्कोट घुम्टे महोत्सबको आयोजना गरिने जानकारी दिईएको थियो । पत्रकार सम्मेलनमा हिमालयन म्युजिक ईभेन्ट म्यानेजमेन्टका सचिब मोहन केसीले गनपा- ६ मजुवाफाँटमा लिजमा जग्गा लिएर महोत्सव स्थल ब्यबस्थापनको कार्य सम्पन्न भएको जानकारी समेत दिएका थिए।

महोत्सव स्थलकालागि मजुवाफाँटमा साउनमा काटिएको धान अहिले पुन: पलाएर यति ठुलो भएको छ ।

मजुवाफाँटमा धानको बाला झुल्ने समयमा फाँट कै मध्य भागमा महोत्सव आयोजना गरिने समाचार स्थानीयलाई पचेको थिएन । रोपेको धान काटेर महोत्सवस्थल बनाउन हतार गर्नुलाई पनि धेरैले राम्रो मानेका थिएनन् । पत्रकार सम्मेलनमा गल्कोट नगरपालिकाको समन्वयमा महोत्सव गरिने जानकारी दिईएपनि नगरपालिकाले महोत्सवका विषयमा कुनै समन्वय नभएको जनाएको छ ।

घुम्टे पर्यटन विकास केन्द्रले समेत महोत्सवमा घुम्टेको नाम जोडिएकोमा आपत्ती जनाईरहँदा आयोजक संस्थाले महोत्सवलाई भव्य बनाउन सबैसंग सहकार्य गर्न ढीला गर्न नहुने स्थानीयले सुझाव दिएका छन् ।

यस बारेमा महोत्सव आयोजक मध्यका होम थापालाई सोधेका थियौँ, ‘गल्कोट नगरपालिका, घुम्टे पर्यटन विकास केन्द्र लगायत सबैसंग सहकार्य गरेर महोत्सव सम्वन्धमा निर्णय गरेको भए यस्तो बिवाद त आउने थिएन कि ?

यसमा थापाको भनाई थियो ‘नगरपालिकालाई पत्र पठाएर सोधेको हो, आफुले नेतृत्वगर्न नपाएपछी विरोध गरेका मात्र हुन् ।’ ‘महोत्सवको नाम घुम्टे राख्न किन नपाईने ?’ प्रति प्रश्न गर्दै थापाले भने, ‘पहिले गरिएको घुम्टे महोत्सवको आयव्यय सार्वजनिक नगर्दा केहि नहुने घुम्टेको नाम राख्दैमा विरोध गर्न सुहाउदैन ।’

‘धान लहलह बनेको खेत फाँडेर महोत्सव स्थल बनाएकोमा धेरैले अन्नबालिको नोक्शान भयो भनी कुरा काटेका छन् नि ?’ भन्दा थापाले भने, ‘जग्गा धनी ज्ञामनाथ गैरे र कृष्ण थापालाई २ लाख धानको मुआव्जा दिएर केहि धान काटिएको हो र केहि काटिएको छैन ।’

महोत्सवका बारेमा घुम्टे पर्यटन विकास केन्द्रका उपाध्यक्ष राज थापासंग बुझन खोज्दा ‘महोत्सवको आयोजना गरिनुलाई राम्रो’ बताउदै ‘सबैको सहमतिमा महोत्सव गरिनु पर्ने’ बताए । धानबाली थन्काईँ सकेपछी महोत्सवको आयोजना गरिनु उपयुक्तहुने गल्कोटवासीले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *