संविधानको दोस्रो संशोधन प्रस्ताव अस्वीकृत

काठमाडौं, २०७४ भदौ ५ । व्यवस्थापिका संसदबाट संविधानको दोस्रो संशोधन प्रस्ताव अस्वीकृत भएको छ । संसदमा सोमबार भएको मतदानमा संशोधनको पक्षमा तीन सय ४७ र बिपक्षमा दुई सय ६ मत मात्रै परेको थियो । संसदमा कायम रहेको पाँच सय ९२ जना साँसद मध्येबाट दुई तिहाई बहुमत नपुगेका कारण संविधान संशोधनको प्रस्ताव अस्वीकृत भएको सभामुख ओनसरी घर्तीले घोषणा गरेकी हुन ।

सोमबारको बैठकमा पाँच सय ५३ सदस्य मात्रै उपस्थित रहेका थिए ।संसदमा अहिले पाँच सय ९२ जना साँसद छन् । दुई तिहाई बहुमतका लागि तीन सय ९५ जना साँसदको समर्थन आवश्यक पर्दछ । करीव ९१ जना सभासदले समर्थन गरी ३५ महिना अगाडि घोषणा गरिएको संघीय लोकतान्त्रिक संविधानको दोस्रो संशोधन गर्न खोजिएको थियो ।

संविधान घोषणा र पहिलो संशोधनलाई बहिस्कार गरेका मधेशकेन्द्रित दलको नेतृत्वमा भएको १३ महिना लामो आन्दोलनका क्रममा मुलुकले भारतीय नाकावन्दीको सामना समेत गर्नु परेको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *