पूरै गल्कोट उपत्यका तीजमय, ठाउँठाउँमा तीजी कार्यक्रमहरु सन्चालन !

घनश्याम गौतम, गल्कोट २०७४ भदौ ५ । नौलो बिहानी आमा समुह गलकोट नगरपालिका वाड नं ४ खरुवाले हिन्दु नारिहरुका महान पर्ब हरितालीका तीजको अबसर पारेर दरखाने कार्यक्रमको साथै वाड नं ४का नवनिर्बाचित जनप्रतिनिधीलाई सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै गलकोट नगरपालिका बाड नं ४ की महिला सदस्य शिब कुमारी खत्रीले महिलाहरुले बर्षभरीको दख बिसाउने हरितालीका तिजलाई सुखद एबं सौर्हाद तरिकाले मनाउनुपने बताईन् । कार्यक्रममा गलकोट नगरपालीकाका कार्यकारी अधिकृत प्रदिप चन्द्र सुबेदीले महिलाहरुले तीजलाई परम्परागत शैलीमा मात्र नमनाएर महिलाहरुको नेतृत्ब बिकासमा जोड दिने र बिकास निमार्णमा महिलाहरुको पहुचँ पुर्याउने खालका कार्यक्रम सञ्चालन गरि तीज मनाउनुपर्नेमा जोड दिए।

कार्यक्रम गलकोट नगरपालीकाका बाड नं ४ का बलबहादुर खत्री , महिला सदस्य शिब खत्री खुल्ला सदस्य रुद्र प्रसाद सुबेदी र रबिलाल सुबेदीलाई सम्मान गरिएको थियो सोही अबसरमा महिलाको बिकासका लागी आफ्नो हरेक तहबाट सहयोग गर्ने जनप्रतिनिधीले प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रम नौलो बिहानी आमा समुहकी अध्यक्ष रत्ना कुमारी क्षेत्रीको अध्यक्षता , सदस्य ईश्वरी न्योपानेको स्बागत र सचिब कल्पना न्योपानेको संचालनमा सम्पन्न भएको थियो ।

यसैबिच गलकोट नगरपालीका र ताराखोला गाँउपालीकामा स्थानियले आफन्त तथा दिदीबहीनी जम्मा भएर दरखाने एब दुख सुख साटासाट गर्ने गरेका छन् । दरखाने कार्यक्रमको साथमा तीजगीत तथा नृत्य प्रतियोगीता सञ्चालन भैरहेको जनाईएका छ । ठाउँठाउमा दरखानुका साथै तिज गित गाउने र तिजका गीतहरुमा आपसमा नृत्य प्रस्तुत गर्ने गरेको बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *