पर्वतमा झण्डै ८ हजार मतादाता थपिए, सवैभन्दा बढी मोदी गाउँपालिका

महेन्द्र केसी, पर्वत २०७४ भदौ ५ । । गत साउन १६ देखि शुरु भएको मतदाता नामवली संकलनमा पर्वत जिल्लामा झण्डै ८ हजार मतदाताले आफ्नो नाम दर्ता गराएका छन् । पहिले जिल्ला निर्वाचन कार्यलयबाटनै मतदाता नामवली संकलन गर्ने आयोगले तयारी गरेता पनि सरकारले स्थानीय तहमार्फतनै नामवली संकलन गर्ने निर्देशन दिएपछि स्थानीय तहबाटनै नामवली संकलन थालिएको थियो ।

पर्वतका सातवटा स्थानीय तहबाट ८ हजारले फोटो सहितको मतदाता नामवलीमा नाम दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ । सात वटा स्थानीय तहबाट ७ हजार ८ सय ८९ जना मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ । जसमध्ये ३ हजार ८ सय ३५ महिला र ४ हजार ५४ पुरुष गरी जम्मा ७ हजार ८ सय ८९ जना मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए ।

यसमध्ये सबैभन्दा धेरै मोदी गाउँपालिकामा नयाँ मतदाता थपिएका छन् भने सबैभन्दा कम महाशिला गाउँपालिकामा रहेका छन् । मोदी गाउँपालिकामा महिला ५ सय ४ र पुरुष ५ सय ३ गरी जम्मा १ हजार ७ जना नयाँ मतदाता थपिएका हुन भने महाशिला गाउँपालिकामा महिला १ सय ४० र पुरुष १ सय ४९ गरी जम्मा २ सय ८९ मतदाता थपिएका हुन ।
त्यस्तै अन्य गाउँपालिका र नगरपालिका अन्र्तगत फलेबास नगरपालिकामा महिला ४ सय ६० र पुरुष ४ सय ३ गरी ८ सय ८३ मतदाता नयाँ रहेका छन् ।

उता जलजला गाउँपालिकामा ८ सय ७६ जना नयाँ मतदाता रहेका छन् जसमा महिला ३ सय ९७ र पुरुष ४ सय ७९ पैयु गाउँपालिकामा ७ सय ५६ मतदाता नयाँ छन् महिला ३ सय ३० र पुरुष ४ सय २६ रहेका छन् भने बिहादी गाउँपालिकामा महिला २ सय ७४ महिला र पुरुष २ सय ९० गरी ५ सय ३७ मतदाता नयाँ थप भएको जिल्ला निर्बाचन कार्यलय पर्बतले जानकारी दिएको छ ।

निर्वाचन आयोगले देशैभरी मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकाहरुको लागि साउन १६ गतेदेखि ३२ गतेसम्म स्थानीय तहमा नै टोली खटाउने निर्णय गरेको थियो । यसअघि दुई हप्ता सम्म जिल्ला निर्बाचन कार्यलयबाट नै छुटेका मतदाताहरुको फोटो सहित विवरण संकलन गरेर मतदाता नामवली संकलन गरेपनि कार्यलयले २ हप्ता पछि कुश्मा नगरपालिका बाहेक ६ स्थानिय तहमा टोली परिचालन गरी नामवली संकलन गरेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *