२ सय ५२ औँ मोति जयन्तीका अवसरमा चारजना श्रष्टाहरु सम्मानित

बागलुङ, २०७४ भदौ ५ । धवलागिरी साहित्य प्रतिष्ठानको आयोजनामा आज विद्यामन्दिर पुस्तकालयमा १ सय ५२ औँ मोति जयन्ती सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथी बागलुङ नगरपालिकाका मेयर जनक पौडेलले व्यानर वाचन गरेर उद्घाटन गरेका थिए ।

सो अवसरमा मोति सार्थक प्रकाशनका तर्फबाट पत्रकार बिदुर खडकालाई मोति सार्थक, धवलकला मन्दिरबाट कलाकार व्दय कृष्णलाल शाक्य र पद्म नारायण श्रेष्ठलाई धवल मोति र युवाश्रष्टा सारु पौडेललाई स्मृति प्रकाशनका तर्फबाट स्मृति युवा सम्मान प्रदान गरिएको थियो । सम्मानित सबैलाई प्रमुख अतिथी मेयर पौडेलले दोसल्ला र सम्मान पत्रव्दारा सम्मानित गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी मेयर पौडेल, विशिष्ट अतिथी पूर्वराज्य मन्त्री ओमकार प्रसाद गौचन, बुलबुल मासिक पत्रिका म्याग्दीका प्रधानसंपादक चन्द्रबहादुर लामिछाने, सम्मानित व्यक्तित्व विदुर खड्का, कृष्णलाल शाक्य र सरु पौडेल लगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रममा झण्डै एक दर्जन श्रष्टाहरुले आआफनो रचना पाठ गरेका थिए । रचना वाचन गर्नेहरुमा याम रोकामगर, हिमालय आचार्य, विनोद पौडेल, हरि सुवेदी, दिनेश बिकल्प, चन्द्र विक, गोविन्त सुवेदी, सिर्जना कार्की, घायलश्री, सुसन परियार लगायत रहेका छन् ।

कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा न्यूरे, सम्मानित व्यक्तिहरुको संक्षिप्त परिचय समाजसेवी देवबहादुर श्रेष्ठ, र घायलश्री र सन्चालन गोविन्द सुवेदीले गरेका थिए ।

कार्यक्रमको सभापतित्व धवलागिरी पुरस्कार प्रतिष्ठानका अध्यक्ष काजि रोशनले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *