कालीगण्डकी चोकबाट म्याग्दीका पुन सहित १० जना जुवाडे पक्राउ !

म्याग्दी २०७४ भदौ ५ । म्याग्दी जिल्ला अन्नपूर्ण गाउपालिका ८ का ४१ वर्षिय केशर पुनलाई कास्कीको लेखनाथ नगरपालिका-२७ स्थित कालीगण्डकी चोकबाट प्रहरीले जुवाको खालबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कालीगण्डकी चोकमा मीना कुमारी पुनको घरमा जुवातास खेलिरहेको अवस्था पुन सहित दश जना जुवाडेहरुलाई नियन्त्रणमा लिएको हो । निजहरुलाई ८६ हजार ७ सय ५० रुपयाँ नगद र ४ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *