निसेलढोरमा गाउँ पुजा मेला तथा जनसेवा युवा क्लबको बार्षिकोत्सव सम्पन्न

कुम्बिर बिश्वकर्मा,२०७४ भदौ ५ । निसेलढोरमा ऐतिहासिक गाउँ पुजा मेला एबं जनसेवा युवा क्लबको प्रथम बार्षिकोत्सव भदौ ३ गते सम्पन्न भएको छ । मेला भदौ १ गते गाउँ पुजाको दिन समासेवी नरेश पुन मगर जिल० को प्रमुख आथित्यता रहेको थियो भने कार्यक्रम सयोजक तेजिन्द्र पुन मगरको अध्यक्षता रहेको थियो।

गाउँपुजा मेलाको अबसरमा आयोजना गरेको क्लबको प्रथम बार्षिकोत्सवका कार्यक्रमहरुमा पुरुष भलिवलमा उत्तरगंगा युवा क्लब ढोरपाटन प्रथम, आर एण्ड होटेल बोबाङ व्दीतिय स्थान हासिल गरेका हुन । महिला भलिबल प्रतियोगितामा नमुना युवा क्लब बोबाङ प्रथम र तिलाचन युवा क्लब निसि भल्कोट० व्दीतिय स्थान हासिल गरेका थिए । पुरुष छेलो प्रतियोगितामा मिलन बिश्वकर्मा बोबाङका प्रथम र बिमल बिरही भल्कोटका व्दीतिय स्थान हासिल गरेको हुन ।महिला छेलो प्रतियोगितामा बिपना बिश्वकर्मा बोबाङ प्रथम र झरना बिश्वकर्मा बोबाङ व्दीतिय भएका थिए ।

एकल नृत्य प्रतियोगितामा अनिता बुढा मगर कानाबगर प्रथम र मेलिना घर्ती मगर बोबाङ व्दीतीय स्थान हासिल गरेका थिए । त्यसै गरि पाँच सय मिटर पुरुष दौड प्रतियोगितामा दामोदर बुढा मगर प्युठानका प्रथम र रुपलाल बुढा मगर प्युठानका द्वितीय स्थान हासिल गरेका थिए ।

खुल्ला धना म्याराथन दौडमा दिवस घर्ती निसी मगर प्रथम र दामोदर घर्ती मगर प्युठान व्दीतिय भएका थिए । ऐतिहासिक गाउँपुजा ९ नाम पुजा ० मेलामा स्थानीय झाक्री नाच ,पन्चेबाजा हिले ओलम्पिक ९ कापाइ नाच ० र राष्ट्रिय कलाकार राजेश बर्देवा ,राजेन्द्र सापकोटा,रमेश बाबू थापा मगर, गजलकार अन्चल शाही चिना थापा मगरको प्रस्तुति रहेको थियो । कार्यक्रममा युवा नेता सुनील बि क, नेपाल मगर बागलुङ जिल्ला सहसचिव हेम बुढा मगर, समाज सेवी हर्कमान बिश्वकर्मा र समाजसेवी नरेश पुन मगर लगायतको सुभकामना मन्तव्य रहेको थियो भने कार्यक्रममा जनसेवा युवा क्लबका सचिब शेरमान बिस्वकर्माको स्वागत मन्तव्य र क्लबका सहसचिव कुम्बिर बिश्वकर्माको सन्चालन रहेको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *