राप्रपाले संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्ने

काठमाडौ २०७४ भदौ ५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता कमल थापाको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले संसदमा पेश भएको संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्न निर्णय गरेको छ ।

प्रमुख सचेतक कुन्ती कुमारी शाहीद्धारा राजनीतिक दल सम्बन्धि कानुनलाई संशोधन र एकिकरण गर्न बनेको ऐन २०७३ को धारा २८ बमोजिम मिति २०७४ भदौ ५ गते बस्ने व्यवस्थापिका संसदको बैठकमा अनिवार्य उपस्थित भई संसदमा पेश भएको संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *