मानव सेवा आश्रमका लक्ष्मीनारायणहरुका लागि खाजा सहयोग !

बागलुङ २०७४ भदौ ५ । आज कुसे औसी अर्थात बुवाको मुख हेर्ने दिनको शुभ तिथीमा पारेर मानव सेवा आश्रमका गरिमा सम्पुर्ण लक्ष्मी नारायणहरुका निम्ति बागलुङ नगरपालिका ४ उपल्लोचौर निवासी नन्दीता थापा, सुस्मिता थापा,टिका बहादुर थापा र आगमन थापा साथै बागलुङ ३ किनारटोल निवासी नारायण कार्की, दिल कुमारी कार्की र मेलिना जिसी कार्कीले बिहानको खाजा, दुध,दाल ल्याक्टोजीन, चाउचाउ, बिस्कुट उपलव्ध गराएरका छन् ।

यस मानवीय कार्यमा परोपकारी मनका धनी आदरणीय कार्की तथा थापा परिवार प्रति मानव सेवा आश्रमले हार्दिक कृतज्ञता ज्ञापन गरेको जनाएको छ ।

स्मरणीय छ, विभिन्न अवसरमा विभिन्न महानुभावहरुबाट मानव सेवा आश्रमलाई यसरिनै सहयोग प्राप्त हुने गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *