प्रहरीव्दारा आफ्ना पार्टी कार्यकर्ता र जनप्रतिनिधी माथी दुर्ब्यबहार गरिएको माओवादी केन्द्रको आरोप

खेमराज अर्याल, बुर्तिबाङ २०७४ भदौ ५ । नेकपा माओवादी केन्द्र बागलुङले आफ्ना पार्टी कार्यकर्ता तथा माओवादी केन्द्रबाट तमानखोला गाँउपालिबाट निर्वाचित प्रतिनिधि माथि इलाका प्रहरी कार्यलय बुर्तिबाङबाट भएको दुव्र्यवहार प्रति आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

माओवादीले हिजो आइतबार एक प्रेस विज्ञप्ती प्रकाशन गर्दै गत साउन ३ गतेका दिन माओवादी केन्द्र केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा तमानखोला गाँउपालिका पार्टी इन्चार्ज सूर्य सिर्पाली पार्टी जिल्ला सम्मेलन आयोजक समिति सदस्य तथा तमानखोला गाँउपालिका सदस्य नर बहादुर गोतामे पार्टी सदस्य मोतिलाल रोका र तमानखोला गाँउपालिका वडा नम्बर १ का जननिर्वाचित सदस्य डिल बहादुर कामीलाई इलाका प्रहरी कार्यलय बुर्तिबाङका इन्सपेक्टर कृष्ण रानाले आफ्नो जिम्मेवारी र मर्यादा वाहिर रही नीच , घृणित र अपशब्द प्रयोग गरी दुव्र्यवहार गरिएको जनाएको छ ।

माओवादी केन्द्रका संयोजक ज्ञामनाथ गैरे अनिल व्दारा हस्ताक्षरीत विज्ञप्तीमा तमानखोला गाँउपालिका १ रिक्लाङ निवासी सलोन सुनार र पीडित पक्षविच छलफल भइरहेको समयमा इन्सपेक्टर रानाले हस्तक्षप गरी इलाका प्रहरी कार्यलय बुर्तिबाङ झिकाएको, अनावश्यक शर्त राखेको र नमानेपछी पीडित पक्षले गम्भिर प्रकृतिको मुद्दा दायर गर्ने गरी जिल्ला प्रहरी कार्यलय बागलुङ पठाउन समझदारी भएपश्चात वाहिरिएका माओवादी केन्द्रका व्यक्तिहरुलाइ इन्सपेक्टर रानाले गालिगलौज धम्की र अपशब्द प्रयोग गर्दै यातना दिएको भन्दै खाली कागजमा समेत हस्ताक्षर गराएको उल्लेख गर्दै कार्वाहीको माग गरिएको छ ।

यता इलाका प्रहरी कार्यलय बुर्तिबाङका इन्सपेक्टर कृष्ण रानाले भने महिला माथी कुटपिट तथा जवरजस्ती करणीको विषय भएकाले माओवादी केन्द्रका सुर्य सिर्पाली लगाएतले जबरजस्ती करणी सम्बन्धी गम्भिर घट्नालाई समेत स्थानिय स्तरमै मिलाउन खोजेको र त्यस्तो घट्नाको मिलापत्र गर्न नमिल्ने बताए । पीडित महिलालाई कतै उजुरी गर्न नदिएको र त्यस्ता घट्नामा मिलापत्र गर्ने अधिकार कसैमा नभएकोले कानुन अनुसार कावार्ही अगाडि बढाउन खोजिएको बताए । सो घट्नालाई लुकाउने प्रयास गरिएको र छोरी विरामी परेपछी माइती पक्षले थाहा पाएपछी वल्ल घट्ना वाहिर आएको प्रनि रानाले बताए ।

प्रहरी कार्यलयमा अपशब्द प्रयोग गरिएको र खालि कागजमा हस्ताक्षर गराइएको भनेर लगाइएको आरोप गलत भएको उनको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *