बागलुङमा आज आयोजित ‘तीज महोत्सव’को उद्घाटन लोकगायिका विमाकुमारी दुराले गर्ने !

बागलुङ, २०७४ भदौ ५ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजका अवसरमा बागलुङमा जिल्ला खेलकुद बिकास समिति र जिल्ला भलिबल सघं बागलुङको संयुक्त आयोजनामा बागलुङमा साउन २० गते देखी ३१ गते सम्म १२ दिवसीय खेलकुद सांस्कृतिक एबं तीज महोत्सव र बागलुङ उद्योग बाणिज्य संघ महिला उद्यमी विकास समिति बागलुङले भदौ १ गते देखी ३ गते सम्म आयोजना गरेको दोश्रो तीज महात्सव सम्पन्न भैसकेका छन् । आज सोमबार देखी कालिका भगवती गुठी व्यवस्थापन समितिको मुख्य आयोजनामा तेश्रो तीज महोत्सव कार्यक्रम हुन गैरहेको छ ।

यस वर्ष सदरमुकाममा आयोजना गरिएका तीन तीज विशेष कार्यक्रमहरुमध्य पहिलो कार्यक्रमको उद्घाटन युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी (राजन)ले गरेका थिए भने दोश्रो कार्यक्रम नेपाली काँग्रेसका युवा नेता एवं पूर्व मन्त्री गगन थापाले गरेका थिए र आज सोमवार हुने तेश्रो तीज विशेष कार्यक्रमको उद्घाटन वरिष्ठ लोक तथा दोहोरी गायिका विमाकुमारी दुराले गर्ने कार्यक्रम रहेको छ ।

आज आयोजना गरिएको तीज महोत्सव कार्यक्रमको अन्य आयोजकहरुमा जैमुनी नगरपालिका, राष्ट्यि लोक दोहोरी गीत प्रतिष्ठान बागलुङ, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, महिला हित बचत तथा ऋण सहकारी संस्था,घरेलु महासंघ रहेका छन् ।

यस तीज विशेष कार्यक्रममा प्रमुख अतिथी विमा कुमारी दुरा सहित अन्य दजौनौ कलाकारले सहभागिता जनाउने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए ।

तीज महोत्सव कार्यक्रमको उद्घाटन जिल्ला हुलाक कार्यालय अगाडीको चोकमा हुने आयोजकले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *