धौलागिरी अंचल यातायात बस व्यवसायिक समितिको अध्यक्षमा उमेश केसी

बागलुङ २०७४ भदौ ५ । प्रहरीको चर्को विरोधका वीच शनिवार सुरु भएको धौलागिरी अंचल यातायात बस व्यवसायिक संचालक समिति बागलुङको १९औँ साधारणसभा तथा १०औँ अधिवेशन यातायात व्यवसायी उमेश केसीलाई अध्यक्षमा निर्वाचित गर्दै आईतवार सम्पन्न भएको छ ।

अधिवेशनले नयाँ समितिको बरिष्ठ उपाध्यक्षमा हरिविकास जीसी, उपाध्यक्ष व्दयमा क्रमश राजन जोशी र सुदर्शन रायमाझी, महासचिवमा खेमराज लामिछाने, सचिवमा घनश्याम मल्ल, सह सचिवमा बाबुराम पौडेल र सहकोषाध्यक्षमा हेम शर्मा पौडेल निर्वाचित गरेको छ । स्मरणीयछ, कोषाध्यक्षमा उमाकान्त शर्मा र सह उपाध्यक्षमा तिर्थराम खडका निविरोध चयन भएका थिए ।

यसैगरी समितिको सदस्यहरुमा जयबहादुर श्रेष्ठ, इन्द्रराज रिजाल, बालकृष्ण पौडेल, निर्मलप्रसाद पौडेल, पूर्णनारायण श्रेष्ठ, नगेन्द्र गुरुङ्ग, अस्मिनकुमार गर्वुजा र खिमबहादुर जिसी निर्वाचित भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *