दैव लागे कसैको केहि लाग्दैन …..

बिमल खड्का, बागलुङ २०७४ भदौ ४ । ‘दैव लागे कसैको केहि लाग्दैन’ भन्ने उखान बडीगाडखोला गाउपालिका- ७ सैरेनीमा चरितार्थ भएको छ । चौध/पन्ध्र महिन पहिले सैरेनीका तिलक घर्तीको भिङगिठे असारेकी १९ वर्षिया हिमा संग बिबाह भयो ।

भिङगिठे माविमा कक्षा १२ मा अध्ययनरत हिमा दोजिया बनेपछी खुसीपूर्वक घरमा जीवन बिताईरहेकी थिईन् । आउने सन्तानको मीठो कल्पनामा उनी डुबेकी थिईन । तर दैवलाई त्यो मन्जूर थिएन ।

उता उनका श्रीमान तिलक केहि दिन देखी बैदेशिक रोजगारीमा जानेक्रममा काठमाडौँमा छन् । यता हिँजो राति ८ बजे हिमाले छोरालाई जन्मदिईन् । श्रीमान/श्रीमतीवीच छोरा जन्मिएको खुशी साटासाट गर्न नपाउदै सुत्केरी हिमाको साल (औरो, काँडो) नझरेर डाक्टर आर्यपुग्नु केहि समय अघि रातिको १० बजेतिर उनलाई दैवले हरेर लग्यो । सोँच्दै नसोँचेको बज्रपात परेपछी अहिले गाउँ नै शोकमय बनेको छ । समाचार लेख्दा सम्म शिशुको अवस्था राम्रो छ ।

नजिकको स्वास्थ्य केन्द्रमा गएर सुत्केरी बनाउनु पर्ने सन्देश यस घटनाले दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *