सिवाईसी बचत तथा ऋृण सहकारी संस्थाको बार्षिक क्षेत्रिय साधारण सभा सम्पन्न

भरतप्रसाद सापकोटा, बिहुँ बागलुङ २०७४ भदौ ४ । काठेखोला गाउँपालिका वडा ५बिहुँकोट पोखरामा सिवाई सी बचत तथा ऋृण सहकारी संस्थाको सेवा केन्द्र बिहुँकोटले आयोजना गरेको कार्यक्रम बरिष्ठ अधिवक्ता एवं यसै सहकारी संस्थाका सल्लाहकार पद्मनाथ शर्मा पौड्यालले उद्घाटन गरेका छन् ।

सो अवसरमा सदस्य सेवा केन्द्र बिहुँकोट पोखरा केन्द्र प्रमुख विन्दु शाहानी क्षेत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ०७३र०७४ को रु १०,३,००,०००।( अ़क्षरुपि एक करोड़ तीन लाख शेयर पुजी रहेको बताएकी थिईन्।

सो अवसरमा उनले कुल बचत रु ४,५५००,०००।(संकल गर्ने लक्ष्य निर्धारण गरिएपनि रु१,३४,३४,३७०संकल गरिएको उक्त प्रतिवेदनमा उल्लेख गरेकी छन् भने ऋृण लगानी तर्फ पनि रु ५ु५०ु००ु०००।(लक्ष्य भएपनि रु २,९९,९५,७३७ लगानी गरिएको पनि जानकारी द्ईिन ।

उक्त संस्थाले दिदै आएका सुत्केरी पोषण सुविधा २जना र अधर्वहिक राहात ६ जनालाई वितरण गरिएको कुरा जानकारी गराईएको थियो भने बुढेसकालको साहारा ७०बर्ष काटेपछि पेन्सन उपलब्ध गराउने लक्ष्य अनुसार ७२ बर्षिय बुद्धा देवि न्युरेलाई उपलब्ध गराईरहेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

छरिएररहेको पुजीलाई एकमुष्ट गरी रोज़गार र स्वरोजगारका अवसररहरुको सिर्जना द्धावारा समुन्नत तथा शोषणरहित समाजको निर्माण गरि राज्यको ग़रीबी न्युनिकरण मा पनि महत्वपूर्ण भुमिका खेलेको कुरामा उक्त आर्थिक प्रतिवेदन जनाईएको छ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि एवं यसै संस्था सल्लाहाकार अधिवक्ता पद्मनाथ शर्मा पौड्यालले सहकारी भनेको सहकार्य भएको बताउदै गाउँघर मा छरिएर रहेको पुजीलाई एकिकृत गरि सहकारीले सरकारले गर्न नसकेको काम समेत गरेको बताउदै घरदैलोमा मात्र सिमित रहने नारीहरु अहिले सशक्तिकरण माघ्यम बाट अघिबढन सफल भएको बताउदै हरेक क्षेत्र मा महिलाको भुमिका महत्वपूर्ण रहेको बताएका थिए ।

प्रगति प्रतिवेदन यसै संस्था सेवा केन्द्र विहुँकोट कि पुर्व केन्द्रीय सदस्य तथा बिहुँ सेवा केन्द्रकी पुर्व संयोजक ज्ञानकुमारी श्रीस शर्मा बाट ०७३र०७४को प्रस्तावित निति कार्यक्रम बिषय सहिबाटोमा प्रकाशन भएका बिषय बस्तुहरु बारे जानकारी गराएकी थिईन।

कार्यक्रम मा वोल्ने बक्ताहरु केन्द्रीय सदस्य सिता शर्मा सापकोटा सिवाईसी साकोस का केन्द्रीय सदस्य तारा बहादुर विक सल्लाहाकार हर्क बहादुर बि क अमर माध्यमिक विद्धालयका प्रधानाध्यापक भीष्म कडेल कर्लिम आधारभुत बिद्धालय तर्फ देखि गौरीशंकर सुवेदी गाउपालिका सदस्य हेमलाल वि क रधुपति शर्मा लगाएतले बोलेको कार्यक्रमको सभापतित्व सेवा केन्द्र बिहुँकोटका सन्चालक समितिका अध्यक्ष चुडामणी कडेलले गरेका थिए। स्वागत मन्तब्य बिहुँकोट सेवा केन्द्रकी पुर्व संयोजक उजेली न्युरेले गरेकी थिईन भने कार्यक्रमको संचालन शिक्षक दुर्गा बहादुर पुनले गरेका थिए । ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *