ढोरपाटन एफएमले आयोजना गरेको तीज विशेष कार्यक्रम भब्यरुपमा सम्पन्न

तिलक मल्ल, बुर्तिवाङ २०७४ भदौ ४ । सामुदायिक रेडियो ढोरपाटनले आयोजना गरेको तीज विशेष कार्यक्रम शनिवार बुर्तिवाङ बजारमा सम्पन्न भएको छ । रेडियो सञ्चालक समितिका सह सचिव भरत केसीको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो सञ्चालक समितिकी सदस्य एवम् महिला अगुवा समाजसेवी गण्डकी थापा अधिकारीको प्रमुख आतित्थ्यता रहेको उक्त कार्यक्रममा नेपाली कांग्रेसका यमु पौवी , राष्ट्रिय जनमोर्चाका दल बहादुर भण्डारी , देविस्थान मावि का प्रअ किरण पौडेल ,बुर्तिवाङ उद्योग बाणिज्य संघका अध्यक्ष चिन्तामणि शर्मा ,इलाका प्रहरी कार्यालयका बुर्तिवाङका प्रमुख कृष्ण राना विभिन्न राजनैतिक दलका प्रतिनिधी , बिभिन्न संघ संस्थाका प्रतिनिधी , राष्ट्रिय कलाकाहरु धौलागिरी लोक प्रतिष्ठानका अध्यक्ष राजेन्द्र सापकोटा , सोही प्रतिष्ठानका सचिव राजेश बर्देवा , ऋतु ब्रोकन लगायत सयौँ दर्शकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रका अबसरमा प्रमुख अतिथी गण्डकी थापाले बोल्दै समाज रुपान्तरण गर्नका लागि रेडियोले आयोजना गरेको तीज विशेष कार्यक्रमले ठुलो भूमिका खेल्ने बताउदै नेपालमा महिला अधिकारहरु आएता पनि त्यो अधिकार कागजमा मात्र सिमित भएकोले त्यसको कार्यान्वयन तथा समाजमा रुपान्तरणमा सरिक हुनका लागि अब सम्पुर्ण महिला दिदी बहिनीहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिएकी थिईन । त्यस्तै कार्यक्रमका अध्यक्ष केसीले पनि बोल्दै रेडियोले आयोजना गरेको तिज विशेष कार्यक्रममा महिलाहरुलाई उत्थान गर्न र समाजमा रहेका बिसङ्गतिहरुलाई हटाउनका लागि यस्ता कार्यक्रमहरुको अति नै आवश्यक रहेको औल्याएका थिए।

साथै अन्य बोल्ने बक्ताहरुले पनि महिलाहरुको हक अधिकारहरु सुनिश्चित गर्नका लागि यस्ता कार्यक्रमहरुले थप विशेष भुमिका खेल्ने बताएका थिए ।

रेडियोले आयोजना गरेको खुल्ला तीज गीत तथा नृत्य प्रतियोगितामा यस क्षेत्रका ४ समुहहरुको सहभागिता रहेको थियो ।जसमा रिभरहेड इन्टरनेशनल एकेडेमी बोर्डिङ स्कुलको समूह प्रथम, न्यु मोडान एकामेमीको समूह द्धितीय , मिली जुली आमा समूह बुर्तिवाङ तृतीय र देउराली पुर्कोट आमा समूह सान्त्वना भएका छन् ।

त्यस्तै उत्कृष्ट नृन्य तर्फ रिभरहेड इन्टरनेशनल एकेडेमी बोर्डिङ स्कुल र उत्कृष्ट शब्द तर्फ देउराली पुर्कोट आमा समूह भएका छन् ।
उत्कृष्ट हुन सफल उक्त सकूहले क्रमशः ७ हजार , ४ हजार ५ सय , र २ हजार ५ सय नगद तथा प्रमाण पत्र हात पारेका छन् । यसका साथै रेडियोले स्थानीय तहको निर्वाचनमा विजय हुन सफल जनप्रतिनिधी , सहयोगिदाता , विज्ञापनदाता र ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको हो । कार्यक्रममा ब्रमाह कुमारी इश्वरीय विश्व विद्यालय बुर्तिवाङ शाखा , बुर्तिवाङ डान्स सेन्टर र राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

रेडियोकी प्रस्तोता लक्ष्मी अर्गेजाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन रेडियोका स्टेशन म्यानेजर छबिलाल पाण्डे र रेडियोकी प्रस्तोता मिनु बिसीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *