ताराखोला काँक्राखोरका युवाहरुव्दारा घुम्टे पर्यटकीय ग्रामिण मोटरबाटो मर्मत

शान्त खत्री ‘मौसम’, बागलुङ (ताराखोला) २०७४ भदौ ३ । प्रगतिशील युवा परिवार ताराखोला गाउपालिका वा ड नम्बर ३ काकाखोरका युवाहरु सामाजिक कार्यमा अग्रसर भएका छन ।

गाउका युवाहरुले बर्षातका कारण अवरुद्ध घुम्टे पर्यटकीय ग्रामिण मोटरबाटो मर्मत सम्भार गरेका छन । करिब २५ जना युवाहरुको सहभागीतामा काँक्रmखोरको मन्यौल देखि आधारभुत बिद्यालय सम्म मर्मत गरिएको हो ।

महिलाहरुको महान पर्व हरितालिका तीज तथा क्लबको २४ औ बार्षिक उत्सवलाई लक्षित गरि मोटरबाटो मर्मत गरिएको क्लबका अध्यक्ष कर्ण बहादुर भण्डारीले बताए । मोटरबाटोको बिच बिचमा झरेको पहिरो, खाल्डाखुल्डी पुरेपछि आवतजावतमा सहजता भएको क्लबले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *