निसीखोलाका बाढी पहिरो पीडितलाई स्ववियुकोे सहयोग महत्वपूर्ण- उपप्रमुख कार्की

गल्कोट, २०७४ भदौ ३ । स्वतन्त्र बिद्यार्थी युनियन गलकोट बहुमुखी क्याम्पस हटियाले निसीखोला गाउपालिका भित्रका पहिरो प्रभाबितलाई राहत बितरण गरेको छ । युनियनले निसीखोला गाउपालिका वाड नम्बर १ का मृतक खगिसरा सिंजालीका छोरा हेम बहादुर सिंजालीलाई नगद रु ५ हजार १ सय ५७, वाड नम्बर २ का मृतक मनिमान छन्त्याल, उनका मृतक छोरी, बुहारी र श्रीमतिको नाममा मृतक मनिमानका छोरालाई दिने गरी गाउपालिकाका उपप्रमुख शोभा कुमारी कार्की र वाड नम्बर १ का अध्यक्ष ईन्द्र मल्ललाई नगद रु २० हजार २ सय प्रदान गरिएको स्वतन्त्र बिद्यार्थी युनियन गलकोट बहुमुखि क्यापसका सभापति गुमानसिह भण्डारीले बताए ।

निसीखोला गाउपालिका वाड नम्बर १ र २ मा गरि ५ जनाको पहिरोमा परि निधन भएको थियो । युनियनले मृतकका प्रति ब्यक्ति ५ हजारका दरले राहत प्रदान गरेको राहत संकलन अभियानका सदस्य अर्जुन खत्रीले जानकारी दिए ।

त्यस्तै करिब १६ जना घरबार बिहिन परिवारलाई ६० हजार भन्दा बढिका लत्ताकपडा, चामल, चाउचाउ, फुर्ति, बिष्कुट, भुजा लगायतका सामाग्री प्रदान गरिएको सदस्य दिपक मल्लले बताए ।

कार्यक्रममा बोल्दै निसीखोला गाउपालिकाका उपप्रमुख शोभा कुमारी कार्कीले सरकारले बाढी प्रभाबित भएको भन्दै तराईलाई प्राथमिकता दिईरहेको अवस्थामा बिद्यार्थी समुहले यहाँका पहिरो प्रभाबितलाई गरेको सहयोग महत्वपुर्ण भएको बताईन् । अन्य संघ सस्थाले भन्दा बिद्यार्थी समुहले गरेको राहत बितरण प्रभावकारी भएको उनको भनाई थियो ।

कार्यक्रममा सहभागी पहिरो प्रभाबित परिवारका सदस्यहरुलाई थोरै भएपनि बिद्यार्थी समुहले सहि समयमा आफुहरुलाई दिएको राहत जिउने आधार भएको बताएका थिए । उनिहरुले यसरी नै अन्य समुहले पनि आफनोपन भन्दा माथी उठेर सहयोग गर्न आग्रह गरेका थिए

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *