कर्म फ्लाइटस् फाउण्डेसनको सहयोगमा निसीभुजी क्षेत्रका बाढीपीडितहरुलाई राहत वितरण

लोकेन्द्र निरासी, बुर्तिबाङ, २०७४ भदौ ३ । कर्म फ्लाईटस् फाउण्डेसन कास्की पोखराको सहयोगमा बुर्तिबाङमा आज एक कार्यक्रमका बीच बागलुङ पश्चिम क्षेत्रका बाढीपीडितहरुलाई राहत वितरण गरिएको छ ।

गत साउन २० गते धनजनको क्षती हुने गरि आएको बाढीबाट ज्यान गुमाउने मृतकका परिवार एव. बाढी पहिरोका कारण घरबार विहिन भएका र क्षती पुगेका बाढीपिडीतहरुलाई राहत स्वरुप जस्ता पाता, सिरक, त्रिपाल र खाद्यान्न चामल राहत स्वरुप वितरण गरिएको हो ।

कर्म फ्लाईट्स फाउण्डेसनका प्रबन्ध निर्देशक एवं पोखरा रहनुहुने निसीखोला देविस्थान अर्नाकोट निवासी स्थानीय प्रेम कुँवरको सक्रियतामा उक्त संस्था मार्फत राहत वितरण गरिएको हो ।

बाढीपहिरोबाट ज्यान गुमाउने मृतक परिवार र सबैभन्दा बढी धनजनको क्षति भएका १६ घर परिवारलाई प्रति परिवार ९ थान जस्ता पाता, १ थान सिरक र एक बोरा चामल वितरण गरिएको छ भने बाँकी अन्य क्षति पुगेका १ सय ३९ घर परिवारलाई कसैलाई चामल, कसैलाई सिरक र कसैलाई त्रिपाल गरि वितरण गरिएको संस्थाका कोअर्डिनेटर राजु परियारले जानाकारी दिए ।

राहत पाउनेहरुमा निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका विभिन्न वडाका बाढी पीडितहरु रहेका छन् । प्रहरी मुचुल्का र क्षतिको विवरण हेरि प्राथमिकीकरण गरेर राहत वितरण गरिएको निसीखोला गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष कुविर वि.क.ले जानाकारी दिए । संस्थाका प्रतिनिधि, प्रहरी प्रशासन, पत्रकार र जनप्रतिनिधि र स्थानीय लगायतको उपस्थितिमा उक्त राहत वितरण गरिएको हो ।

साथै संस्थाले आजै हिमालय प्रा.वि. बाहुनगाउँ र रसानन्द प्रा.वि. हुल्दीका ७० जना विद्यार्थीहरुलाई झोला र स्टेशनरी सामान वितरण गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *