राष्ट्रिय जनमोर्चाव्दारा निसीखोला गापाका पहिरो पीडितलाई राहत वितरण

सुमन सुनार, बुर्तिवाङ २०७४ भदौ २ । राष्ट्रिय जनमोर्चा बागलुङले निसीखोला गाँउपालिकाका पहिरो पीडितका लागी राहत वितरण गरेको छ । गत साउन २० गते अविरल वर्षापछि गएको पहिरोमा परि आफन्त तथा घरबास गुमाएका २ घर परिवारलाई राहत वितरण गरेको हो ।

राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला अध्यक्ष अमर थापाको विशेष उपस्थीतीमा आज निसीखोला गाँउपालिकाको जुग्जाखोलामा एक कार्यक्रमको विच पहिरोमा परि मृत्यु खगिसरा सिँजालीका छोरा लाल बहादुर सिंजालीलाई राहत स्वरुप नगद रु १० हजार र मृतक मनीराम छन्त्याल, नन्दकली छन्त्याल, विन्दु छन्त्याल, र गिता छन्त्यालका आफन्त रेम बहादुर छन्त्याललाई राहत स्वरुप नगद रु २० हजार रुपैया प्रदान गरिएकोे छ । उक्त राहत रकम निसीखोला गाँउपालिकाका जनप्रतिनिधीहरुको रोहवरमा वितरण गरिएको राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला अध्यक्ष थापाले बताए ।

राहत वितरण कार्यक्रममा निसीखोला गाँउपालिकाका अध्यक्ष तारानाथ पौडेल, वडा नं. ३ का वडा अध्यक्ष जुनविक्रम शाही लगायत स्थानिय समाजसेवी बुद्धिजिवी लगायतको विशेष उपस्थीती रहेको थियो ।

गत साउन १९ गते राती परेको अविरल वर्षपछ् िगएको पहिरोमा पुरिएर जिल्लाको पश्चिम क्षेत्र ढारपाटन नगरपालिकामा १ जना र निसीखोला गाँउपालिका ५ जना गरि ६ जनाको ज्यान गएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *