अमर माध्यमिक विद्यालय, बिहुँमा खेलकूद तथा तीजीगीत कार्यक्रम सम्पन्न

दामोदर पौडेल, बागलुङ २०७४ भनौ २ । काठेखोला गा पा वडा ५ मा अवस्थित अमर माध्यमिक विद्यालयमा छुट्टाछुट्टै कार्यक्रम सम्पन्न भएका छन ।

स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ अमर माध्यमिक विद्यालयमा बिद्यालय स्तरीय जिम्न्यास्टिक फर अल प्रोगाम को उद्घाटनमा कार्यक्रम सम्पन्न भएको छ ।

काठेखोला वडा नं ५ का अध्यक्ष शिव प्रसाद कँडेलको प्रमुख प्रमुख आथित्यता र बिहुकोट सितेरियो कराते डो का संस्थापक एवं जिम्यास्टिक फर अलका केन्द्रीय सदस्य कृष्णप्रसाद कँडेलको बिशिस्ट आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूलाई पिटि सम्वन्धी तालिम दिईएको थियो ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि शिव प्रसाद कँडेलले विद्यालयमा सवैभन्दा बढि अंक ल्याउने , अनुशाशित, जेहेन्दार, लगनशिल विद्यार्थीलाई रू ५ हजार राशिको पुरस्कार घोषणा गरे।

सो कार्यक्रममा बिशिस्ट अतिथि कृष्ण प्रसाद कँडेल र प्रधानाध्यापक भीष्म कँडेलले स्वास्थ र खेलकुदको महत्व माथि प्रकाश पारेका थिए ।

त्यसै गरि हिन्दु नारीहरूको महान चाड हरितालिका तीजको पावन अबसरमा अमर माध्यमिक विद्यालयमा कृयाशील ग्रिन क्लब र बाल क्लबको संयुक्त आयोजनामा तीजी गीत प्रतियोगिता सम्पन्न भएको छ ।

सो तीजीगीत प्रतियोगितामा सहभागी ८ टिम मध्य पुर्णमाया विकको समूह प्रथम , फुलमायाँ कँडेलको समूह व्दीतिय, राधा वि क को समूहले हाम्रो धर्म र संस्कृति , तीजी पर्बमा विकृति विषयक तृतीय स्थान हासिल गरेका छन ।

अमर बाल क्लवका अध्यक्ष चन्दा कँडेलको सभापतित्व, सहायक प्रअ रघुपती शर्माको प्रमुख आथित्यतामा कक्षा १२का छात्र मणिभद्र कँडेलले सन्चालन गरेका थिए । ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *