सामुदायिक रेडियो परिवर्तन संस्थागत शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत

काठमाडौँ २०७४ भदौ २ । बुर्तिवाङमा सन्चालित परिवर्तन एफएम शिक्षा मन्त्रालय शिक्षा विभाग र नेपाल पत्रकार महासंघको सहकार्यमा सन्चालित संस्थागत शिक्षा पत्रकारिता पुरस्कार २०७३ बाट पुरस्कृत भएको छ ।

नेपालको शैक्षिक विकासका लागि एफएम रेडियोका तर्फबाट सामुदायिक रेडियो परिवर्तनले पुयाएको योगदानको कदर गर्दै शिक्षा मन्त्री गोपालमान श्रेष्ठले रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदीलाई सो पुरस्कार प्रदान गरेका हुन् । सो अवसरमा १३ संस्थाका २६ जना पत्रकारलाई सम्मानित गरिएको थियो ।

जनसञ्चार सहकारी संस्था लिमिटेडद्धारा संचालित सामुदायिक रेडियो परिवर्तनले २०६८ सालमा विधिवत रुपमा स्थापना भई निरन्तर रुपमामा आफ्नो सेवा प्रशारण गर्दै आएको छ । जनताको आवाज, समाज रुपान्तरणको संवाहक भन्ने मूल नाराका साथ स्थापित यस रेडियो सहकारी मार्फत सामुदायिक मोडेलबाट संचालन हुँदै आएको छ । रेडियोमा अहिले २ सयभन्दा बढी शेयर सदस्यहरु रहेका छन् भने दैनिक १८ घण्टा रेडियोले आफ्ना कार्यक्रमहरु नियमित रुपमा प्रशारण गर्दै आएको छ । जनता र आम स्रोताको मन जित्न सफल सामुदायिक रेडियो परिवर्तनले स्थापना कालदेखि नै प्रत्यक्ष रुपमा जनसरोकारका विषयहरुलाई उठान गर्दै स्थानीय जनता र आम सरोकारवालाहरुसंग हातेमालो गर्दै समाचार, सूचना सन्देश र कार्यक्रमहरु प्रशारण गर्नुका साथै थुप्रै सामाजिक कार्यहरुमा सक्रिय सहभागिता जनाउँदै आइरहेको छ ।

यसभन्दा पहिला पनि सामुदायक रेडियो परिवर्तन जिल्ला र अन्चलमै उत्कृष्ट रेडियोको रुपमा स्थापित भइसकेको छ भने अन्य विभिन्न संघसंस्थाबाट समेत सम्मानित र पुरस्कृत भइसकेको छ । स्थानीय जनसरोकारका विषय र विकास कार्यहरुमा समेत सक्रिय सहभागिता जनाउँदै विभिन्न सामाजिक कार्यहरु रक्तदानका लागि ब्लड ग्रुपिङ, बजार सरसफाई, समामसेवी र कालाकार एवं प्रतिभाहरुको सम्मान, बाढीपिडीत, अग्नी पीडित, भुकम्प पिडीतहरुका लागि राहत संकलन र वितरण, लगायतका थुप्रै सामाजिक कार्यहरुमा सामुदायिक रेडियो परिवर्तन स्थापना कालदेखि नै सक्रिय रुपमा सहभागिता जनाउँदै आएको छ ।

राष्ट्रिय पत्रकारिता पुरस्कारबाट रेडियो पुरस्कृत भएकोमा रेडियोका अध्यक्ष लोकेन्द्र सुनारले खुसी व्यक्त गर्दै नेपाल सरकार शिक्षा मन्त्रालय र नेपाल पत्रकार महासंघप्रति कृतज्ञता व्यक्त गर्दै धन्यवाद व्यक्त गर्नुभएको छ । साथै रेडियोलाई यस उचाईमा पुराउन सहयोग गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *