महेन्द्र आदर्श मा.वि. वामी गुल्मीमा विद्यार्थीलाई छात्रवृत्ति वितरण

कृष्ण पोखरेल, गुल्मी वामी २०७४ भदौ २ । महेन्द्र आदर्श माध्यमिक विद्यालय मुसिकोट नगरपालीका वडा नं. २ वामीमा एक कार्यक्रमको आयोजना गरी कक्षा नर्सरी देखी १० कक्षासम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।

जिल्ला शिक्षा कार्यालय गुल्मीबाट कक्षा १ देखी ८ सम्मका छात्राका लागि प्राप्त १ लाख ८ हजार ८ सय, कक्षा ९ र १० का विद्यार्थीका लागि १७०० का दरले २२ ओटा कोटामा प्राप्त जेहेन्दार छात्रवृत्ति बावतको ३७४०० अभिभावक र विद्यार्थीको रोहबरमा वितरण गरिएको हो ।

यस्तै विद्यालयमा स्थापना गरिएको विभिन्न अक्षकोषबाट प्राप्त हुने व्याज बापतको छात्रवृत्ति पनि आजै वितरण गरिएको छ । जसअन्र्गत जापानी नागरिक नोविईयो कोवाऐसीले रेईको कोवाऐसिको स्मृतिमा स्थापीत १० लाख १० हजारको व्याजबाट प्राप्त एक लाख २९ हजार २ सय ८३ वितरण गरिएको छ । उक्त अक्षकोषबाट कक्षा नर्सरी देखी ५ सम्मका छात्रलाई तथा कक्षा ९ र १० का दलित विद्यार्थीलाई छात्तवृत्ति वितरण गरिएको हो ।

विद्यालयका प्राचार्य भिमलाल सापकोटाका अनुसार अन्य व्यक्तीले विद्यालयमा स्थापना गर्नुभएको अध्यक्षकोषको व्याजबाट प्राप्त हुने रकम वापतको छात्रवृत्ति भने आउँदो मँशीरमा हुने विद्यालयको वार्षिकोत्सव कार्यक्रममा वितरण गरिने छ ।

विद्यालय व्यवस्थापन समतिका पदाधिकारी, शिक्षक अभिभावक सँघका पदाधिकारी, शिक्षक अभिभावक समेतको उपस्थिती रहेको कार्यक्रममा छात्रवृत्तिको बारेमा प्राचार्य सापकोटाले मन्तव्य मार्फत जानकारी दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवन के.सि.को अध्यक्षता, सहायक प्राचार्य बृद्धि प्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *