त्रिभुवन माबि खर्वाङमा सदनात्मक तीजीगीत तथा नृत्य कार्यक्रम सम्पन्न

कृष्ण पोखरेल, खर्वाङ २०७४ भदौ २ । वडीगाड गाउँपालिका वडा नं. २ खर्वाङ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा आयोजित शुक्रबारे कार्यक्रम अन्र्तगत सदनात्मक तीजी गीत तथा नृत्य कार्यक्रम सम्पन्न भएको छ ।

अँग्रेजी माध्यम र नेपाली माध्यमका ४ सदनको सँयुक्त प्रस्तुतीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । झण्डै २ घण्टासम्म चलेको कार्यक्रममा शिक्षकहरुले समेत नृत्य प्रस्तुत गरेका थिए । सहभागी सवै सदनका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा अँग्रेजी माध्यमतर्फका अतिरिक्त क्रियाकलाप सञ्चालन समितका सँयोजक शिक्षक जमुना गिरी तथा नेपाली माध्यमका सँयोजक शिक्षक कल्पना घिमीरेले सहजीकरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *