युएस एकेडमीमा नृत्य प्रतियोगिता, बाढीपीडितका लागि ५ हजार सहयोग

बागलुङ, २०७४ भदौ २ । बागलुङ नगरपालिका–२ स्थित यु.यस. एकाडेमीमा शुक्रबार तीज गीतमा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

जुनियर रेडक्रस सर्कल (जुरेस) यु.यस. कमिटिको आयोजनामा भएको प्रतियोगिता सिनियरतर्फ अस्मिता छन्त्याल प्रथम, दिया पाण्डे द्वितिय र सचिता पौडेल तृतिय भएकी छिन् । यस्तै, जुनियरतर्फ प्रथम वर्षा पौडेल, सिवानी राना द्वितिय र साधना शर्मा तृतिय भएको जुरेसका अध्यक्ष आयुस पौडेलले जानकारी दिए ।

अतिरिक्त कृयाकलाप अन्तर्गत भएको आन्तरिक प्रतियोगिताका विजयीहरुलाई प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी बागलुङका सह–कोषाध्यक्ष जीवननाथ शर्माले पुरस्कार वितरण गर्दै विद्यार्थीको प्रतिभा पहिचान र विकासमा अतिरिक्त कृयाकलापहरुले टेवा पुग्ने विचार राखे ।

कार्यक्रममा जुरेसका संरक्षक एवम् विद्यालयका प्रिन्सीपल दल थापा, शिक्षक नायक भीम शर्मा लगाएतले बोलेका थिए । सोही अवसरमा जुरेसकै पहलमा बाढीपीडितका लागि संकलित रकम नेपाल रेडक्रस सोसाइटी बागलुङलाई हस्तान्तरण गरिएको थियो ।
जुरेसमा आवद्ध विद्यार्थीहरुले विद्यालय भित्रबाटै रु. ५ हजार ४ सय ३२ रुपैयाँ राहत रकम संकलन गरेका थिए । उक्त रकम रेडक्रममार्फत् बाढीपीडितकहाँ पु¥याइने जनाइएको छ ।

‘हामी विद्यार्थीहरुले नै राहत रकम जुटायौं, शिक्षक विद्यार्थी सबैले सहयोग गर्नुभएको छ’ जुरेसका अध्यक्ष पौडेलले भने ।
जुरेसका ममता अधिकारीको सञ्चालन र अध्यक्ष आयुस पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *