वडाध्यक्ष भुषाल जिससको उपसंयोजक निर्वाचित भएकोमा बधाई !

छबिलाल पाण्डे बुर्तिबाङ २०७४ भदौ २ । नेकपा एमाले बडीगाड गाँउपालिका सँगठन कमिटीको बैठक सम्पन्न भएको छ । संयोजक शान्ति अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी पार्टी अध्यक्ष ईन्द्रलाल सापकोटाले पार्टीको केन्द्रिय कमिटी र जिल्ला कमिटीको निर्णय जानकारी गराएका थिए ।

कार्यक्रममा पार्टीको सदस्यता नविरकरण गर्ने, प्रत्यक वडामा पार्टीको भेला गर्ने, निर्णय गर्दे बागलुङ जिल्लामै पहिलो पटक गाँउपालिका कार्यालय निर्माणका निम्ती बडीगाड गाँउपालिकामा १० रोपनी निशुल्क जग्गा ब्यबस्थापन गरीएको भन्दै गाँउपालिकाका प्रमुख मेयरसिँह पाईजालाई धन्यबाद तथा वडा नँ २ का अध्यक्ष एवम नेकपा एमाले जिल्ला उपसचिब बिष्णु भुषाल जिल्ला समन्वय समितीको उपप्रमुखमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरिएको थियो । कार्यक्रममा नेकपा एमालेका नेता कार्यक्रताको सहभागिता रहेको थियो । कार्यक्रम नेकपा एमाले सँगठन कमिटी सचिब दिनेश शर्माले सञ्चालन गरेका थिए ।

यसैवीच भिमगिठेमा रहेको ईलाका प्रहरी कार्यलयमा प्रहरी प्रमुखको रुपमा प्रहरी नायब निरीक्षक भोज बहादुर बानीया आएसँगै परिचयात्मक कार्यक्रम गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *