‘आउन सक्छ फेरी’ उपन्यासकी लेखिका पौडेललाई यसवर्षको युवा स्मृति सम्मान दिईने

कोपिल कँडेल, बागलुङ २०७४ भदौ १ । प्रत्येक बर्ष मनाउदै गएको मोती जयन्ती यसबर्ष धौलागिरी साहित्य प्रतिष्ठानले मनाउने भएको छ । प्रतिष्ठानका अध्यक्ष काजि रोशनको अध्यक्षतामा आज बसेको बैठकले यहि भदौ ५ गते परेको युवाकवी मोतीराम भट्टको २ सय ५२ औ जन्मजयन्तीलाई युवा सम्मान एबं रचना बाचन लगायतका कार्यक्रमका साथ मनाउने निर्णय गरेको हो ।

बैठकले यसवर्षको स्मृति युवा सम्मान बागलुङ नगरपालिका नारायणस्थानकी सर्जक एबं आउन सक्छ फेरी नामक सामाजिक उपन्यासका लेखक सरु पौडेललाई दिने निर्णय गरेको हो । त्यसैगरी बागलुङका सर्जक एबं पत्रकार राम थापा अबिरल र कोपिला कडेललाई धौलागिरी साहित्य प्रतिष्ठानले सम्मान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष काजिरोशनले जानकारी दिए । अबिरल र कंडेललाई स्मृति प्रकाशनमा लामो समयदेखी क्रियाशील रही सहित्यिक गतिबिधीमा योगदान गरेको भन्दै सम्मान गर्न लागेको अध्यक्ष रोशनले बताए ।

त्यसैगरी बैठकले संस्थालाई क्रियाशील बनाई राख्नका लागि जैमुनी नगरपालिका छिस्ती ८ का गोबिन्द सुबेदी र बागलुङ नगरपालिका स्थित रामरेखा १ का कृपा पौडेललाई सदस्यमा मनोनित गर्ने निर्णय समेत गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *