ताराखोला गाउपालिका-३ काक्राखोरमा पुस्तकालायको उदघाटन

शान्त खत्री मौसम, गल्कोट २०७४ भदौ १ । ताराखोला गाउपालिका वाड नम्बर ३ काक्राखोरमा पुस्तकालायको उदघाटन गरिएको छ । आज एक कार्यक्रमका बिच काँक्राखोर आधारभुत बिद्यालमा ज्ञानपुञ्ज पुस्तकालायको उदघाटन गरिएको हो । गाजा डेभलभमेन्ट फाउण्डेशन बागलुङको आर्थिक र भौतिक सहयोगमा पुस्ताकालय स्थापना गरिएको बिद्यालयका प्रध्यानाध्यापक धर्मदत्त उपाध्यायाले बताए।
कार्यक्रममा ताराखोला गाउपालिकाका प्रमुख प्रकाश घर्तिले बिद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागी गाउपालिकाले शिक्षा क्षेत्रलाई बढि महत्वका साथ हेरेको बताए । घर्तिले सामुदायीक बिद्यालयमा शैक्षिक सामाग्रीको आवश्यकतालाई परिपुर्ति गर्न सके निजी बिद्यालय भन्दा अघि जाने कुरामा जोड दिए ।

कार्यक्रममा वडा अध्यक्ष डिल बहादुर बस्नेतले बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागी अभिभावकहरुको प्रमुख भुमिका रहने बताए।

सो अवसरमा गाजा डेभलभमेण्ट फाउण्डेसनका प्रतिनिधि प्रेमनाथ कडेल, वडा सदस्य हेमन्त घिमिरे, तेजुमाया भण्डारी परियार, पुस्तकालाय ब्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर भण्डारी, शिक्षक अभिभावक संघका अध्यक्ष ईन्द्रप्रसाद न्युरे र प्रध्यानाध्यापक धर्मदत्त उपाध्याय लगायतले शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मन बहादुर नामिछानेको अध्यक्षता, प्रगतिशिल युवा परिवारको सदस्य सागर खत्रीको स्वागत मन्तब्य र पुर्व बिद्यार्थी शान्त खत्री मौसमको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *