शिक्षक लिम्बु र अभिभावक रानावीचको कृटपिट: भान्जीलाई दिएको दश थप्पड’ सजायँ !

प्रेम सुनार, गुल्मी,२०७४ भदौं १ । केहि दिन अघि गुल्मीको मुसिकोट- ४ को दिगामचौर प्राथमिक विद्यालयमा विद्यार्थीले कुनै गल्ती गरे वापत शिक्षकले नै अर्को विद्यार्थीलाई दश थप्पड गालामा हान्न लगाएका कारण शिक्षक र अभिभावक विच कुटपिट भएको खुलासा भएको छ ।

गत साउन २६ गतेका दिन शिक्षक विक्रम लिम्वुले कक्षा ५ की १२ वर्षिया विद्यार्थी वसन्ती रानाले कक्षा कोठामा खेले वापत अर्की विद्यार्थी सृष्टी रानालाई दश थप्पड गालामा हान्न लगाए पछि त्यसको दोश्रो दिन उनका मामा राजेन्द्र राना र शिक्षक लिम्वु विच कुटाकुट भएको बताईएको छ ।

साउन २७ गते बसन्तीका मामा रानाको पसलमा गएर शिक्षक लिम्वुले तपाई मलाई कुट्छु भन्नु भा’छ रे हो ? भन्दै बाहिर निस्कन चुनौती दिए पछि दुबै विच कुटाकुट भएको दुबैले स्वीकार गरेका छन् ।

शिक्षक लिम्वु त्यस गाउँमा एक्लो समुदायको भएका कारण हेपिएको दावी गरेका छन् भने शिक्षक लिम्वु मार्शल आर्टका खेलाडी समेत रहेकोले दादगिरी मच्चाईएको आरोप राना पक्षले लगाएका छन् ।

त्यहाँका अभिभावकहरुले वालमैत्री भनिएको त्यस विद्यालयमा विद्यार्थीले कुनै गल्ती गरे वापत दश थप्पड सजाएँ शिक्षकले नै तोक्नु निन्दनीय भएको बताएका छन् । उक्त दिन वसन्ती कक्षा कोठामा खेलेको बेला विक्रम सरले देखेर उनलाई दश थप्पड गालामा हान्न लगाएकोले आफुले हानेको सृष्टीले बताएकी छन् ।

वालमैत्री विद्यालय भनिएको उक्त विद्यालयमा शिक्षकले नै दश थप्पड सजाएँ तोक्दै आएको र वेला वेलामा कुटाई खाँदै आएको त्यहाँका विद्यार्थीहरुले गुनासो गरेका छन् ।

यस सम्बन्धमा जिल्ला शिक्षा मित्रमणी खनाल संग सम्पर्क राख्दा उनले वालमैत्री विद्यालयमा विद्यार्थीलाई कुटपिट सजाएँ तोकेको विषय प्रति गम्भीर ध्यानकृष्ट भएको बताए । उता शिक्षकले पनि कुटाई खाएको भन्ने जानकारी आएको छ जिल्ला शिक्षा अधिकारी खनालले भने त्यसको अघिल्लो दिन अर्की विद्यार्थीलाई लगाएर दश थप्पड सजाएँ तोकेर कुट्न लगाएको दुवै घटना प्रति गम्भीर ध्यानकृष्ट भएको छ , छानविन गर्दैछौं । ’

उक्त घटनाले अर्कै रुप लिन सक्ने देखेर शिक्षक लिम्वु नै पहिलै आएर जिल्ला प्रहरी कार्यालयमा आफु अभिभावकबाट कुटिएको भन्दै उजुरी दिएको अभिभावक पक्षको आरोप छ । शिक्षक लिम्वुले भने आफु त्यस गाउँमा एक मात्र लिम्वु समुदायको व्यक्ति भएकोले निजी श्रोतको शिक्षक जागीरमा बस्न आफुलाई नदिने षडयन्त्र हुँदै आएकोले आफुलाई कुटपिट गरेको बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *