पहिरोले गाउँ नै छोडेर लेकतर्फ गएका निसीखोला हुल्दीका ८० परिवार गाँउ फर्किएनन्

छबिलाल पाण्डे, बुर्तिबाङ २०७४ भदौ १ । पहिरोले त्रसित बनाएपछि लेकतर्फ गएका निसीखोला गाँउपालिका वडा नँ १ का हुल्दीका करीब ८० परिवार गाँउ फर्किएका छैनन् । गत साउन २० गते राति आएको भीषण बर्षात र पहिरोका कारण हुल्दीका सबै गाँउले दहको लेकतर्फ गएको र हालसम्म गाँउ नफर्किएको वडा नँ १ का अध्यक्ष इन्द्र मल्लले बताए ।

वडाध्यक्ष मल्लका अनुसार गाँउमा आएर अन्नपात लैजाने, राहत लिन आउने गरेपनी गाँउमै बस्नेगरी कोहि नर्फकिएका छैनन् । पहिरोले गाँउका अधिकाँश स्थानमा छियाछिया पारेकोले घरमा पुर्ण क्षेति नभएपनी आसपासको क्षेत्रमा पहिरो गएका कारण घरनै बग्नसक्ने भन्दै गाँउआउन डराएका हुन् ।

लेकमा बस्दा निरन्तरको बर्षात र असुरक्षित हुँदाहुँदै पनी बस्न बाध्य हुनुपरेको पीडित परिवारको भनाई छ । स्थानीय रसानन्द प्रमा गत २१ गतेदेखि १० दिनका लागि विद्यार्थी नआएका र पहिरोको असुरक्षाको कारण बन्द गरीएको र अब बिद्यालय खुल्ने समयमा समेत बालबालिका गाँउ नआएका कारण थप अध्ययनमा समेत समस्या पर्ने देखिएको छ ।

बिद्यालयमा अति अशक्त, जेष्ठ नागरिक बस्दै आएका छन् । यस्तो दयनीय अबस्था हुँदाहुँदै पनी सरोकारवाला निकायको ध्यान जान सकेको छैन । गाँउपालिका अन्तर्गतका जनप्रतिनीधिले समयसमयमा बिभिन्न संघसंस्था र राज्यबाट आएको राहत बितरण गरेपनी पीडितलाई गाँउफर्किन नसक्ने त्रासले झनै समस्या थपिएको छ । गाँउपालिकाको वडा नं. १ हुल्दी, लेबाङ हर्पे, २ को काँडाखानी बाहुनगाँउ, काल्नेचौरका गरी १ सय पन्ध्र परीवार पुर्ण र आँसिक पीडित बनेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *