धौलागिरी क्याम्पसमा तीजगीत प्रतियोगिता र दरखाने कार्यक्रमको आयोजना

देशको भविश्य युवा विद्यार्थीको हातमा छ – नेविसंघ उपाध्यक्ष सुवेदी

नारायण रिजाल, बागलुङ २०७४ भदौ १ । नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदीले देशको भविष्य युवा विद्यार्थीको हातमा रहेको बताएका छन ।

बुधबार नेपाल विद्यार्थी संघ धौलागिरी बहुमुखी क्याम्पस ईकाई समितिको तीजगीत प्रतियोगिता तथा दरखाने कार्यक्रमको हिंजो उदघाटन गर्दै सुवेदीले अबको नेविसं भनेको देशको शैक्षिक एवं सामाजिक क्षेत्रमा केन्द्रित हुने बताए ।

उनले हिजोको विद्यार्थी राजनिति सँग आजको विद्यार्थी राजनिति फरक हुनुपर्ने भन्दै अबको राजनिति एउटा ठोस एजेण्डा सहित अगाडी बढनुपर्ने बताए ।

सुवेदीले नेपाल विद्यार्थी संघ क्रियाशील र रचनात्मक संगठन भएका कारण देशको शैक्षिक तथा राजनैतिक परिवेश देखी आफ्नो कला संस्कृतिको संरक्षण गर्नका लागि पनि सधै अगाडी बढने बताए ।

सोही अवसरमा नेपाल विद्यार्थी संघका सह महामन्त्री हरिहर शर्माले मुलुकको राजनैतिक अवस्थालाई स्वच्छ बनाउने जोस जागर र संकल्प अब विद्यार्थी र युवा पुस्ताबाटै हुनेपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव नवराज पौडेल नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष खड्क थापा, तमानखोला गाउँपालिकाका प्रमुख जोकलाल बुढा, धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय, सहप्रध्यापक गोविन्द प्रसाद कंडेल, नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्मा लगायतले बोलेका थिए ।

कार्यक्रममा राष्ट्रिय कलाकार विमलराज क्षेत्री, तेजश रेग्मी, ज्योती लोहोनी, सिता परियार लगायतका कलाकारको सांगितिक प्रस्तुती रहेको थियो ।

प्रतियोगितमा संजिता गौतमको समुह प्रथम, विकास शर्माको समुह द्धितिय र कमला आचार्य तृतिय भएका थिए । प्रतियोगि प्रथम द्धितिय र तृतियलाई क्रमशं नगद रु ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितमा ७ टिमको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल विद्यार्थी संघ धौलागिरी ईकाई समितिका अध्यक्ष दिनेश पन्तको अध्यक्षता उपाध्यक्ष रामचन्द्र गौतमको स्वागत र सचिव द्धय दिपक सुवेदी र सुरक्षा खड्का संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *