बिद्युत आपुर्ति नहुँदा वामीमा लिफ्टििङ्ग पानी अबरुद्ध

अनिश शर्मा गैरे, वामी गुल्मी २०७४ भदौ १ । गत साउन २७ गते राती बर्षा सँगैको पहिरोले वामीका माथिल्लो तल्लो दरमखोला जलविद्युत आयोजनाहरुबाट विद्युत आपूर्ति बन्द भएसँगै परोपरकार लिफ्टिङ्ग खानेपानी परियोजनाव्दारा सञ्चालित लिफ्टिङ्ग खानेपानी बन्द भएको छ । बिद्युत आपुर्ति पुर्ण रुपमा सुचारु नभएसम्म सो लिफ्टिङ्ग पानी नआउने भएपछी उपभोक्ताहरुलाई मर्का परेको छ ।
वामीमा नियमित रुपमा पानी नआउने समस्याले स्थानीयहरुले गाग्रीहरु बोकेर तलसम्म पुगेर पानी लिनुपर्ने बाध्यता छ ।
अझ अध्ययन गर्न बसेका तथा जागीरको शिलशिलामा वामीमा रहेका डेरावालाहरु पनि उत्तिकै मारमा परेका छन । कहिले काँही त पानीको समस्याले खाना पकाउने ढिला हुने गरेका कारण भोकै कार्यालय जानुपर्ने बाध्यता रहेको समेत कतिपयले बताउने गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *