बृद्धाको उद्धारमा सहयोगी भूमिका निर्वाह गर्नु पहिलो आवश्यकता

बागलुङ २०७४ भदौ १ । बानपा-१२ अमलाचौर उपल्लो सरंगीकी बृद्ध महिलाका सम्वन्धमा हिँजो सम्प्रेषण गरिएको अमलाचौर उपल्लो सरंगीकी बृद्धाको उद्धार गरी मानवसेवा आश्रममा ! समाचारको विषयलाई लिएर गंगाधर लामिछानेले समाचारमा उल्लेखित बृद्धाको आफु देवर नभएको र आफु कहाँ नबस्ने गरेको स्पट पारेका छन् । नातामा आफु भतिजा पर्ने बताउदै उनले बृद्धाको आफुसंग कुनै सरोकार नभएको पनि बताए ।

स्मरणीय छ, बृद्धा अहिले मानवसेवा आश्रम बागलुङको संरक्षणमा छिन् । ती बृद्धाको उद्धारका बारेमा उनलाई निकटबाट चिन्ने जान्नेहरुले बढी चासो लिनुपर्ने अवस्था आएको छ । जीवनको उत्तरार्धमा पुगेकी बृद्धाको हेरचाह, स्याहार, सुसार गर्नुपनि परम् मानवीय सेवा हो, भन्ने संझेर बृद्धाको उद्धार गर्नु पहिलो आवश्यकता हो । बृद्धाका निकटतम सम्वन्धी, आफन्तहरुले बढी चासो लिएर उनको उद्धारमा सहयोगी भूमिका निर्वाह गर्नुपर्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *