समृद्ध युवा क्लव दमेकको दशौँ वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७४ भदौ १ । युवाहरुको सहभागीता सभ्य समाजको निमार्ण आजको आवश्यकता भन्ने मुल नाराको साथ समृद्ध युवा कल्व दमेकले तीज कार्यक्रम गर्ने भएको छ । समृद्ध युवा क्लब जैमुनी नगरपालीका २ दमेकले क्लव स्थापनको दशौ बार्षिकोत्वसको अवसरमा हिन्दु नारीहरुको महान पर्व हरितालिको तीजको अवसरम भदौ ८ गते विभिन्न कार्यक्रमहरु गरि मनाउने भएको कल्वका अध्यक्ष ललिता छन्त्यालले जानकारी दिईन।

कार्यक्रममा प्रवासी युवाहरु हाल अमेरीकाबाट विशाल थापा, राजु रिजाल, र हङकङबाट भरत छन्त्यालले आर्थिक सहयोग गरेको बताईएको छ। चर्चित् कलाकारहरुले पनी प्रस्तुती रहने कार्यक्रममका प्रस्तोता विक्रम थापाले जानकारी दिए ।

स्थानीय युवाहरुको सक्रियतामा युवा एकता भातृत्व प्रदान गर्नुका साथै तीजलाई मनोरन्न र नयाँ पुराना साथीहरुको संगम स्थलको रुपमा दमेकमा खुल्ला तीज गीत प्रतियोगिता जसमा प्रथमहुने टोलीलाई १४ हजार दोस्रोलाई ८ हजार तेस्रोलाई ४ हजार र सान्वना पुरस्कारको व्यवस्था गरिएको छ ।साथमा खुल्ला एकल लोक गित,घैटोफोर , म्युजिकल चिएर लगाएतका कार्यक्रमहरु गर्ने भएको छ । प्रतियोगितात्मक गीतमा मौलिख कला संस्कृतिलाई प्रथामिकता दिने भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *