बिकास र सम्मृद्धिका लागि संसदीय ब्यवस्था भंग हुनुपर्छ – सन्तोष बुढा

कोपिला कंडेल, बागलुङ २०७४ साउन ३२ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य सन्तोष बुढाले राष्ट्रियता, बिकास र सम्मृद्धिका लागि संसदीय ब्यवस्थाको भंग हुनुपर्ने बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन धौलागिरि ब्युरोले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनंले संसदीय ब्यवस्थाको पुनस्र्थापना हुदा शान्ति प्रक्रिया धरापमा पर्दै गएको बताए ।

पार्टीको देशव्यापी प्रशिक्षण अभियान अन्तर्गत बागलुङ आएका उनले नेपालमा विदेशी शक्तिहरुले चलखेल गर्ने केन्द्रका रुपमा प्रयोग भएको भन्दै संसदीय व्यवस्थाकै अन्त्य गर्नुपर्ने बताए । उनले राजतन्त्र अन्त्य भएपछि गठन भएका सरकारहरु विदेशीको गुलामी गरेर चलेको आरोप लगाए । राष्ट्रियता भन्दा पनि दलहरु व्यक्तिगत स्वार्थले काम गरेका कारण नेपाली जनताले लोकतन्त्रको अनुभुत गर्न नपाएको बताए । यथास्थितीबादी र प्रतिगामी धारको नेतृत्वमा नेपालको राज्य सत्ता चलेको भन्दै यसले चाल्ने हरेक कदम प्रतिगामी तिर अगाडी बढेको बताए ।

२ नम्बर प्रदेशमा हुन लागेको तेस्रो चरणको निर्वाचन हुनेमा उनले शंका व्यक्त गरे । सरकारको प्रतिगामी चरित्र निर्वाचनमा देखिएको भन्दै उनले आफ्ना कार्यकर्तालाई पक्राउ गरेर अन्यथा दुःख दिएको आरोप लगाए । उनले कोशी व्यारेजमा बम पड्काउने धम्की दिएको भनि गलत प्रचार भएको बताउदैँ नेपालीको हितमा नभएकाले कोशी व्यारेज हटाउनुपर्ने बताए । सरकार सञ्चालन गरिरहेका दलहरुको लाचारीपनका कारण अहिले मधेश डुबानमा परेको भन्दै गणतन्त्र र वैज्ञानिक समाजवादका लागि पार्टीले हतियार उठाउन पछि नपर्ने चेतावनी समेत दिए ।

प्रचण्ड प्रतिगामी धारमा लागेकाले जनयुद्धका उपलब्धी गुम्दै गएको बुढाको भनाई थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *