प्याङ्खोला बुढाथोक लघुजलविद्युत आयोजनाको नहर भत्किदा ५ सय घरधुरी अन्धकार !

सुमन सुनार, बागलुङ २०७४ साउन ३२ । ढोरपाटन नगरपालिका वडा नं. ५ प्याङखोला स्थीत बुढाथोक लघुजलविद्युत आयोजनाको नहर भन्दा तलबाट आज विहान गएको पहिरोका कारण नहर भत्किदा विद्युत सेवा अवरुद्ध भएको छ ।

पहिरोका कारण नहरको टयांकी देखी करिव ३० मिटर सम्मको नहरको भाग भाँचिएको आयोजनाका सचिव रेशमराज रेग्मीले बताएका छन् । नहर भाँचिदा विद्युत सेवा पुर्ण रुपमा अवरुद्ध भएको छ । विद्युत अवरुद्ध हुदा त्यस स्थानका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन ।

२०६० सालमा निर्माण भएको ६० किलोवाट क्षमताको यस बुढाथोक लघुजलविद्युत आयोजनाबाट ढोरपाटन नगरपालिका वडा नं. ५ अर्थात सविक अधिकारीचौर गाँउ विकास समिति वडा नं. १, २ र ९ तथा साविक देविस्थान गाँउविकास समिति वडा नं. ८ का गरी करिव ५ सय ५० घरधुरी उपभोक्ताले विद्युत उपभोग गर्दै आएका थिए । विद्युत अवरुद्ध भए संगै स्थानिय नागरिक टिभि हेर्न, मोबाईल चार्ज गर्नबाट बन्चीत भएका छन भने विद्युतको माध्यमबाट चल्ने मिल, फनिर्चरहरु ठप्प रहेका छन ।

विद्युत अवरुद्ध हुदा संचार सेवा समेत प्रभावित बनेकोे छ । ढोरपाटन नगरपालिका वडा नं. ५ नाथुरी र अर्नाकोट देउरालीमा रहेको एनसिएलको टावरले काम नगरे पछि स्थानिय जनता समस्यामा परेका छन् ।

पहिरो जाने क्रम नरोकिएकाले उक्त परियोजनाको नहर तत्काल मर्मत गर्न सक्ने सम्भावना नभएको आयोजनाका सचिव रेग्मीले बताए । एकै पटक ठुलो पहिरो झरि खोला समेत थुन्ने सम्भावना रहेकाले त्यस स्थान भन्दा तल तटिए क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सचेत रहन समेत आग्रह गरिएको रेग्मीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *