तेस्रो एसियन कप आई.टि.एफ प्रतियोगितामा बागलुङ जिल्लाका ४ खेलाडी सहभागी हुदै

सुमन सुनार, बागलुङ २०७४ साउन ३२ । उज्बेकिस्तानमा हुन गईरहेको तेस्रो एसियन कप आई.टि.एफ तेक्वान्दो प्रतियोगिता २०१७ मा बागलुङका ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

इन्टरनेशनल तेक्वान्दो महासंघ (आई.टि.एफ) को आयोजनामा यहि २०१७ अगष्ट १९ र २० तारिखमा हुन गईरहेको सो आईटिएफ प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हुने ६ जना खेलाडी मध्य बागलुङको ढोरपाटन नगरपालिकाका ३ जना र निसीखोला गाँउपालिकाका १ जना गरि ४ जना खेलाडीले भाग लिने भएका हुन ।

जस अनुसार ढोरपाटन नगरपालिका वडा नंं. ५ नाथुरीका दिपक गौतम, वडा नं. ४ लुकुरवन धिरीका भरत मगर, वडा नं. १ बुर्तिबाङकी बसन्ती बुढा मगर र निसीखोला गाँउपालिका वडा नं. २ बाहुनगाउँका अभिषेक छन्त्यालले भाग लिने भएका छन् । उनिहरुले स्पायरिङ विधा तर्फ प्रतिस्पर्धा गर्ने छन । जस अन्तर्गत दिपक गौतमले ५२ केजी, भरत मगरले ७२ केजी, बसन्ती बुढा मगरले ७२ केजी र अभिषेक छन्त्याल ६३ केजी तौल समुहको स्पायरिङमा प्रतिस्पर्धा गर्ने भएका छन ।

यस्तै उज्बेकिस्तानको प्रतियोगिता पछि सेप्टेम्बर १ र २ तारिखमा ईन्डियाको नयाँ दिल्लीमा हुन गईरहेको आई.आई.सी तेक्वान्दो प्रतियोगिता २०१७ मा पनि प्रतिस्पर्धा गर्ने भएका छन । अगष्ट १९ र २० उज्बेकिस्तानको प्रतियोगितामा सहभागी भई अगष्ट २३ तारिख ईन्डिया जाने कार्यक्रम रहेको नेपाल आई.टि.एफ. तेक्वान्दो महासंघका अध्यक्ष चेतनराज गिरीले जानकारी दिए ।

ब्ल्याक बेल्ट दोस्रो डान प्राप्त बायलुङका यी ४ खेलाडी अहिले काठमाडौको मित्रनगरमा स्थीत काठमाडौ आईटिएफ नेपाल तेक्वान्दो दोजाङमा प्रशिक्षण लिईरहेका छन । करिव १ दर्जन भन्दा बढि प्रतियोगितामा भाग लिईसकेका यी चार खेलाडी तेस्रो एसियन कप छनौट आईटिएफ तेक्वान्दो प्रतियोगिता २०१७ मा भाग लिनका लागी यहि अगष्ट १७ तारिख अर्थात भदौ १ गतेका दिन विहान ८ बजे उज्बेकिस्तान जाने कार्यक्रम रहेको खेलाडी भरत मगरले बताए । सो प्रतियोगिताका लागी अफिसीयल २ जना, रेफ्री ३ जना, कोच २ जना र खेलाडि ६ जना गरि १३ जनाको समुह उज्बेकिस्तान जाने बताईएको छ ।

सन १९९७ मा नेपालमा औपचारिक रुपमा आइटिएफ तेक्वान्दोको प्रशिक्षण प्रारम्भ भएपछि १९९९ देखि नै नेपालले विश्वस्तरिय प्रतियोगिताहरुमा सहभागिता जनाउदै आएको छ । २०१५ देखि हरेक १/१ बर्षमा संचालन हुने एसियन कप छनौट आई.टि.एफ तेक्वान्दो प्रतियोगिता यस वर्षको तेस्रो सस्करणको प्रतियोगिता हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *