बागलुङको जिल्ला बचत तथा ऋण सहकारी संघ लि. देशकै उत्कृष्ठ

सुमन जि.सी, बागलुङ २०७४ साउन ३२ । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङ देशकै उत्कृष्ठ संघ बन्न सफल भएको छ ।

आज काठमाडौमा सम्पन्न नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनले आफ्नो ३० औं स्थापना दिवसका अवसरमा साकोस अभियानमा उल्लेखनीय योगदान पु-याए वापत जिल्ला स्थित बचत तथा ऋण सहकारी संघ लि. बागलुङलाई देशकै उत्कृष्ठ संघको रुपमा घोषणा गरेको हो । आज घोषित सम्मान तथा पुरस्कार नेफ्स्कूनको २६ औं वार्षिक साधारण सभामा प्रदान गरिने नेफ्स्कूनले जानकारी दिएको छ ।

बागलुङ जिल्लामा स्थापना भएका बचत तथा ऋण सहकारी संस्थाहरुको माध्यमबाट छरिएर रहेको पुँजी र संस्थाहरुलाई संगठित गराई स्थानीय स्तरमा रोजगार र स्वरोजगार सिर्जना गर्ने अभिप्रायले २०५४ साल आश्विन १४ गतेका दिन स्थापना भएको थियो । स्थापनाको १८ वर्षसम्म निस्कृय रहेको यस संघ मिति २०७१/११/३० गते सम्पन्न तेश्रोे साधारण सभाबाट चण्डिप्रसाद शर्मा पौडेलको नेतृत्वमा १३ सदस्यीय सञ्चालक समिति सर्वसम्मतिले चयन भए पश्चात संघले जिल्लाको सहकारी अभियानमा छाएको शून्यतालाई सदस्य संस्था, सञ्चालक, लेखा तथा सुपरीवेक्षण समिति र सहकारी संस्थामा कार्यरत कर्मचारीहरुका लागि क्षमता अभिबृद्धि तालिम, गोष्ठि, सम्मेलन जस्ता कार्यक्रमहरु सञ्चालन गरी सकृयताको छोटो समयमा नै देशकै उत्कृष्ठ संघको रुपमा आफुलाई स्थापीत गर्न सफल भएको छ ।

जिल्ला स्थित बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संघको रुपमा रहेको संघमा हाल जिल्लाका ८५ वटा बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध छन भने १ करोड १७ लाख बराबरको सम्पती रहेको छ । संघले सदस्य संस्थाहरुलाई तालिम तथा क्षमता अभिबृद्धिका साथसाथै संस्थाहरुलाई आवश्यक पर्ने खातापाता र पुँजीको अभाव भएका संस्थाहरुका लागि ऋण लगानी समेत गर्ने गरेको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *