अमलाचौर उपल्लो सरंगीकी बृद्धाको उद्धार गरी मानवसेवा आश्रममा !

बागलुङ २०७४ साउन ३२ । साउन ३२ गते विहान ३ बजेको समयमा बागलुङ नगरपालिका- २ मरेपिपलमा अलपत्र भेट्टिएकी अन्दाजी ७५ वर्ष उमेरकी एक बृद्धाको अधिवक्ता राम सुवेदीले उद्धार गरी हाल उनी स्थानीय मानवसेवा आश्रममा छन् ।

अधिवक्ता शर्माका अनुसार उनी विहान सडकमा प्लास्टिक आढेर रोई रहेको अवस्थामा देखेपछी घरमा लगेर खानपिन गराई मानव सेवा आश्रम लगेको बताए । मानव सेवा आश्रमका अुनसार बृद्ध आमाले आफनो नाम, ठेगाना बताउन सकेकी छैनन् । उनको पहिरन सुकिलो छ । उनको साथमा रहेको पोकामा उनले लगाउने लत्ता कपडा रहेका छ ।

अलपत्र अवस्थामा भेटिएकी बृद्धा बागलुङ नगरपालिका-१२ अमलाचौर उपल्लो सरंगीकी भएको बुझिएको छ । उनका श्रीमान विष्णुदत्त लामिछानेको निधन भएको बुझिएको छ । श्रोतका अनुसार उनका कुनै बाल बच्चा छैनन् ।

देवर गंगाधर लामिछाने संग बस्दै आएकी बृद्धाको मानसिक अवस्था त्यति राम्रो नभएको उनलाई चिन्नेले बताएका छन् । घरमा नबसेर उनी यसैगरी भौँतारिने गरेको पनि श्रोतले बतायो ।

उनका देवर गंगाधर लामिछाने संग संपर्क हुन सकेन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *