छोरीको जन्मदिनको खर्च कटौतीबाट ३ हजार अस्ट्रेलियन डलर बाढी पहिरो पीडितलाई सहयोग

सानु घिमिरे, अस्ट्रेलिया, २०७४ साउन ३२ । प्रत्येक दिनको पीडादायक समाचारका कारण अस्ट्रेलियाको जिलोङ निवासी लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका विश्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठ एवं दिदी-बहिनी समाज भिक्टोरियाकी कोषाध्यक्ष प्रभा देवी श्रेष्ठले आफ्नी छोरी पूजा श्रेष्ठको अठारौं जन्मदिन र अस्ट्रेलियाकै ख्यातिप्राप्त मोनास युनिभर्सिटीबाट छोरा पुरक श्रेष्ठले जियो साइन्समा ग्र्याजुयट गरेको अबसरमा आयोजना गर्न लागेको पार्टी यो राष्ट्रिय शोकका कारण रद्द गरी अस्ट्रेलियन डलर तीन हजार (रु २ लाख ४२ हजार ५ सय ५०) बाढी पीडितहरुको सहयोगार्थ उपलब्ध गराउने निर्णय गरेका छन्।

अबिरल बर्षाको कारण हालसम्ममा २६ जिल्ला बाढीमय भएको छ र गृह मन्त्रालयका अनुसार बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या सोमबारसम्ममा १२०, घाइते हुनेको संख्या ३९ र ३५ जना अहिलेसम्म बेपत्ता छन् भने ३४ हजार घर डुबानमा परी देश शोकमय अवस्थामा छ । विश्वको कुनै पनि कुनामा बस्ने नेपाली अत्यन्तै चिन्तित र त्रसित छन बिनासकारी भूकम्पका पीडितहरुले राहत नपाउँदा नपाउँदै देशले सामना गर्न परेको पुन कहालीलाग्दो यो बिकराल प्राकृतिक प्रकोपका कारण पीडामा परेकाहरुका लागि थोरै भएपनि सहयोग पुगोस भन्ने हेतुले यो रकम प्रदान गरिएको श्रेष्ठ दम्पतिको भनाई रहेको छ ।

स्मरण रहोस, पूजा श्रेष्ठ र पुरक श्रेष्ठको नामबाट लुम्बिनी गेट अभियानको लागि पनि अस्ट्रेलियाबाट रकम प्रदान गरिएको थियो ।

उक्त रकम धुर्मुस-सुन्तली फाउण्डेशन मार्फत प्रयोग गरिने बतााईएको छ । सो रकम अभियानव्दारा बाढी पीडितहरुको सहयोगार्थ संकलन गरिने रकममा थप गरी अभियान मार्फत धुर्मुस-सुन्तली फाउण्डेशनलाई काठमाण्डौंमा हस्तान्तरण गरिने श्रेष्ठले जानकारी दिए ।

स्मरणीय छ, गत साउन ३० गते अस्ट्रेलियाको जिलोङ निवासी रवी शाह र निता शाहले आफ्नी सुपुत्री अग्रणी राज्यलक्ष्मी शाहको अन्न प्रासन कार्यक्रमको लागि तयारी गरिरहेको बेलामा आएको यो राष्ट्रिय शोकका कारण अन्न प्रासन कार्यक्रम नगरी यस्का लागि गरिने खर्च अस्ट्रेलियन एक हजार डलर धुर्मुस-सुन्तली फाउण्डेशन मार्फत बाढी पीडितहरुको सहयोगार्थ उपलब्ध गराएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *