आईटिएफ नेपाल तेक्वान्दो फेडेरेशन टोली भदौ १ गने उज्वेकिस्तान जाँदै

कविता घर्तीमगर पोखरा २०७४ साउन ३२ । उज्वेकिस्तानको तास्केन्तमा हुने तेस्रो आई.टि.एफ. एसियन कपमा सहभागि हुनको लागी आईटिएफ नेपाल तेक्वान्दो फेडेरेशन टोली भदौ १ गने त्यस तर्फ प्रस्थान गर्दैछ ।

तास्केन्तमा यहि भदौ ३ र ४ गते हुन गर्ईरहेको प्रतियोगितामा सहभागि हुन अध्यक्ष चेतनारायण गिरी, प्राविधिक प्रमुख विश्व क्षेष्ठको नेतृत्वमा शेरबहादुर थापा, अन्जना सिवाकोटी, सिताराम दराई, नेपाल खेलकुद परिषदका यमकुमारी गुरुङ लगायत १३ जना खेलाडी सहित त्यस तर्फ प्रस्थान गर्न लागेको हो ।

एशियाका सम्पुर्ण देशले विभिन्न प्याटन तथा स्पाइरिङमा सहभागिता जनाउने उक्त प्रतियोगितामा नेपालबाट सहभागि खेलाडी भरत मगरले ७२ केजी तौल समुहमा, दिपक गौतमले ५७, अभिषेक छन्त्यालले ६३ केजी, बसन्ती बुढामगरले ७२, सुदिप आचार्यले ८२, आदित्य थापामगरले ४७ तथा सार्थक बस्नेतले ४० केजी तौल समुहमा प्रतिस्पर्था गर्ने छन् ।

साथै उक्त टोली भदौको ६ गते भारतमा गई १६ र १७ गते त्यहाँ हुने ईन्टरनेश्नल स्ट्रक्चर कोर्सको प्रशिक्षणमा सहभागी भै १८ गते नेपाल फर्किने आईटिएफ नेपाल तेक्वान्दो फेडेरेशनले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *