घर माथी काभ्राको विरुवा रोपेको विवादमा टोमटा माथी निर्घात कुटपिट

प्रेम सुनार, गुल्मी २०७४ साउन ३२ । केहि दिन अघि ग्रैह दलितबाट एक जना दलित कुटिएको समाचार सेलाउन नपाउँदै फेरी गुल्मीको त्यसै मुसिकोट नगरपालिकामा अर्का एक जना दलितलाई पनि ग्रैह दलित समुदायका युवाले निर्घात कुटपिट गरेका छन् । मुसिकोट नगरपालिका वडा नम्वर ३ मैदान देविस्थानका ६२ वर्षिय गोरे टोमटालाई सोही वडा , मैदान निवासी अन्दाजी ४० वर्षिय पशुपति घिमिरेले निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका हुन् ।

घाईते बिकको जिल्ला अस्पताल तम्घासमा उपचार हुन नसकी प्रभास पाल्पा रिफर गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका कार्यकर्ता रहेका घिमिरेले टोमटाको घर माथीको जमिनमा काभ्रो बेर्ना लगाएको विषयमा टोमटाले भने –‘मेरा विन्ती छ साहेव, त्यहाँ त्यो बिरुवा त्यहाँ नलगादिनुस् मेरो घर पहिरोको जोखिममा पर्छ भनेर दुई हात जोडेर जम्लेहात गरेका थिएँ ।’ टोमटा थप्छन–‘ मैले दुइ हात जोडेर हे साहेव त्यसो नगरी दिनुहोस् भन्दै जुम्लेहात गरेको थिएँ उहाँले म क्षेत्रीको छोरासंग तँ दलित मुखमुखै लाग्ने तँ करेटो को होस् रु पख् तँलाई भन्दै हिडन् भयो म साँझपख सामान किन्नका लागि पसलमा गएको थिएँ, दुई जना व्यक्ति हामी पुलिस हौं भन्दै आएर मेरो दुई हातमा छोपी लछार पछार गरी नजिकको खोल्सामा लिएर गए । लगत्तै पशुपति आएर टाउँकोमा ढुङ्गै ढुङ्गाले कुटेर अब म(यो छाड्औं भन्ने सम्म थाह पाउँछु त्यस पछि केहि थाह पाईन ।

उनी हिजो साँझ देखि बेबत्ता भए पछि विहान सिङ्गो गाउँ खोज्दै गर्दा मैदान लतको खोल्सामा फ्ेला पारेका थिए बेखची टोमटालाई तम्घासका समाज सेवीहरुले चन्दा उठाएर उपचारका लागि पाल्पा पठाउँदै छन् । कुटिएका टोमटाको आर्थिक अवस्था कम्जोर रहेको र उनि कुटिएर उपचार गर्ने पैसा नभएको जानकारी आफुले पाए पनि कुटपिट घटनाको कारण बृस्तृत बारे आफुले बुझ्दै गरेको मुसिकोट ३ का वडाध्यक्ष कर्णध्वज जिसीले बताए ।

एउटै छिमेकमा रहेका टोमाटालाई त्यसरी कुटियो भन्ने सुन्दा आफुलाई दुख लागेको वडाध्क्ष जिसीको धारणा रहेको छ । यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी महेन्द्र नेपाल संग सम्पर्क राख्दा उनले उक्त कुटपिट बिरुद्ध उजुरी परेको , घाईतेलाई थप उपचारका लागि पाल्पा पठाउँदै गरेको र कुटपिट आरोपीलाई मातहतको प्रहरी चौकीलाई नियन्त्रणमा लिन लगाएको बताए । कुटपिट गर्ने विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दिईएका पीडित पक्षले जानकारी दिए ।

एक महिना अघि मुसिकोट ४ मा खाएको भाँडा नमाझेको भन्दै स्थानिय दलित कर्णबहादुर नेपालीलाई कुटेको घटनामा आमा छोरालाई जिल्ला अदालतले जनही ५० हजारका दरले धरौटीमा छाडेको केहि दिन बित्न नपाउँदै अर्का दलित फेरी कांग्रेसजनबाट यसरी कुटिएका छन् ।

यसै विच त्यसै मुसिकोट ४ मा अभिवाकले शिक्षकलाई निर्घात कुटिएको समाचार पनि प्राप्त भएको छ । दिगामचौर प्राविका शिक्षक बिक्रम लिम्वुलाई सोही विद्यँलयका अभिभावक एवं कांग्रेस कार्यकर्ता राजेन्द्र राना कुमालले कुटपिट गरेको र उनको तम्घास अस्पतालमा उपचार हुँदैछ । उनि गुल्मीमा एक मात्र लिम्वु समुदायका शिक्षक हुन् । पुर्वबाट ५० वर्ष अघि गुल्मी आएका उनका पिताले यस जिल्लाका पहिलो लिम्वु समुदायका रुपमा घरबास बसाएका छन् । बाहिरबाट आएर शिक्षकको जागिर ओगटेको भन्दै यस अघि पनि धम्की दिने गरेको र बाटोमा हिडिरहेको बेला आफुलाई एक्कासी कुटपिट गरेको शिक्षक लिम्वुको आरोप छ । उता आरोपित राना कुमालले भने आफु पनि उनिबाट कुटिएको जिकिर गरेका छन् । उता दलित कुट्ने घिमिरे संग भने सम्पर्क हुन सकेन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *