निसीखोलाका पहिरो पीडितका लागि हटियामा स्ववियुव्दारा राहत संकलन

गल्कोट, २०७४ साउन ३१ । स्वतन्त्र बिद्यार्थी युनियन गलकोट बहुमुखी क्याम्पस हटियाले पहिरो प्रभाबितका लागी राहत संकलन अभियान सुरु गरेको छ । बागलुङ निसीखोला गाउपालिमा गत साउन २० गते गएको बाढी पहिरोका कारण घरबारबिहीन परिवारलाई राहत प्रदान गर्ने उदेश्य सहित गल्कोटको हटिया बजारमा नगद तथा जिन्सी संकलन अभियान सुरु गरिएको स्वतन्त्र बिद्यार्थी युनियन गलकोट बहुमुखी क्यापसका अध्यक्ष गुमानसिह भण्डारीले बताए ।

अभियानको पहिलो दिन आज हटियाको गणतन्त्र चोकदेखि जिपपार्क सम्म ५ हजार रुपयाँ भन्दा बढी आर्थिक र केहि लत्ताकपडा संकलन भएको राहत संकलन अभियानका सदस्य अर्जुन खत्रीले बताए ।

बिपद जतिबेला, जो कसैलाई पनि पर्न सक्ने भन्दै आजदेखि अभियान सुरु गरिएको सदस्य दिपक मल्लले बताए । राहत संकलन अभियान केहि दिनसम्म सञ्चालन गर्ने र तत्कालै प्रभाबित क्षेत्रमा गई क्षतिको प्रकृति हेरी राहत बितरण गर्ने सदस्य पृथ्वी सुवेदीको भनाई छ ।

बाढी पहिरोका कारण निसीखोला गाउपालिका वाड नम्बर १ र ३ वडाका बासिन्दाहरु प्रभाबित भएको गाउपालिकाका प्रमुख तारानाथ पौड्यालले बताए । पौड्यालका अनुसार प्रभाबित परिवारलाई प्रहरीको मुजुल्काका आधारमा राहत बितरण गर्ने गरेको जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *