बडीगाड गाउँपालिका- १ दगामा करेन्ट लागेर १८ वर्षिय युवकको मृत्यु !

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ साउन ३० । बडीगाड गाउँपालिका वडा नं. १ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज दिउसो वडा नं. १ दगा प्यालपोखरीका १८ वर्षका खड्क वहादुर विकको मृत्यु भएको हो ।

हिँजो देखि नै अवरुद्ध तल्लो लब्दीखोला लघुजलविद्युत परियोजनाको लाईन मर्मत गर्ने क्रममा एक्कासी करेन्ट प्रवाह भएपछि विकको मृत्यूभएको स्वास्थ्यचौकी तुम्डाडाका अहेव यान वहादुर श्रेष्ठले जानकारी दिए । पावर हाउसमा सहि समयमा सम्पर्क नहुँदा सो घटना भएको हुन सक्ने स्थानियले वताएका छन्। थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *