मुसिकोट नपाको घुम्ती टोलीमा ७२ वर्षिया मनकला विश्वकर्माले नागरिकता लिईन

कमल पौडेल, वामी गुल्मी २०७४ साउन ३० । गुल्मी मुसिकोट नगरपालिकामा नागरिकता वितरणको घुम्तेटोली मार्फत ६ सय २९ जना नागरिकलाई नागरिकता वितरण गरिएको छ ।

शनिवारवाट सुरु भएको नागरिकता वितरणमा ४ सय ७५ जना महिला तथा १५४ जना पुरुषलाई नागरिकता वितरण गरिएको नगरपालिकाका कार्यकारी अधिकृत घनश्याम न्यौपानेले बताए । जस मध्य वडा नं. १ वाट सवै भन्दा धेरै १ सय ७ जनाले तथा सवै भन्दा कम वडा नं. ३ का १८ जनाले नागरिकता लिएका छन् ।

मुसिकोट नगरपालिका वडा नं. २ की मनकला विश्वकर्माले ७२ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् । त्यस्तै गत १५ गतेवाट सुरु भएको फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रममा आज सम्म १३ सय जनाले फोटो खिचाएको निर्वाचन आयोगको टोलीले जनाएको छ। फोटो खिचाउने कार्य मसान्त सम्म चल्ने नगरपालिकाले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *